हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर यतिबेला (आइतबार बिहान) पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईका केही स्थानमा बाक्लो हुस्सुरकुहिरो लागेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ।
यस्तै राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।