उर्लाबारीमा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश न.१ को अधिवेशनबाट अध्यक्षमा सर्बसम्मत रुपमा टिकाराम ढकाल निर्वाचित भएका छन् । प्रदेश प्याब्सनकाे तेस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुमित थापा , उपाध्यक्षमा ज्ञानकुमार दाहाल तथा अर्जुन बस्नेत निर्वाचन भएका छन् । साथै सचिवमा काेषराज प्याकुरेल , काेषाध्यक्षमा राजेश आचार्य ,सह-सचिव विष्णुप्रसाद कोइराला ,सह-कोषाध्यक्षमा युसुभ पाण्डे निर्वाचित भएका हुन् ।
तेसै गरि प्याब्सन प्रदेश अधिवेसनबाट सदस्यहरुमा भानुभक्त राजवंशी , ज्ञानकुमार पलङ लिम्बु,रुक्मीणा गौतम (कोपिला),निश्चलराज शाक्य,तथा भुवन श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । १३ जानाकाे प्याब्सन प्रादेशिक नयाँ कार्य समिति चयनकाे अधिवेशनमा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी रहेका थिए ।