नेपाली काँग्रेस वराहक्षेत्रका युवा नेता साथै वडा नं १० कार्य समितिका सभापति तेजबहादुर गुरुङले वडामा रहेका न्यून आय तथा विपन्न परिवारको घर-घरमा पुगेर माघे सङ्क्रान्ति मनाउन विभिन्न परिकारको खाद्य सामाग्री उपहार स्वरूप वितरण गरेका छन् ।
लकडाउनको बेलापनि खाद्यान्न, मास्क, साबुन, स्यानिटाइजर बोकेर घर-घर पुगेका तेजबहादुरले यसपटक भने माघे सङ्क्रान्तिको अघिलो दिन प्रति परिवार तिल , सख्खर र भुजा लिएर ५५ परिवारलाई वितरण गरेका हुन् ।
बराहक्षेत्र-१० मा रहेको लालवस्ती लगाएका टोलमा रहेका विपन्न परिवारको घरमा पुगेर व्यक्तिगत रुपमा सहयोग गरेको तेजबहादुरले बताए । अती विपन्न तथा न्यून आय भएका प्राय: दलित तथा बिछडावर्ग परिवारलाई तिल र सख्खर वितरण गरेका हुन् ।
चाडपर्वमा थोरै भए पनि सहयोगले सानाछोराछोरीको मुहारमा खुसी छावोस भन्ने उदेश्यले सहयोग गरेको र यसरी सहयोग गर्दा आफुलाई खुशि मिल्ने गुरुङले बताए ।