जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (बुधबार) देखि लागू हुनेगरी आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै आजबाट लागू हुने गरी सुनसरीमा १३ बुँदे आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले ओमिक्रोन भेरियन्ट भारतमा भयावह रूपमा फैलिएको र यसको असर नेपालमा पनि देखा परेकाले विभिन्न नियम लागू हुने गरी आदेशपत्र जारी गरेको हो ।
प्रजिअ यादवका अनुसार भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधि लगायत कार्यक्रम गर्न पाइनेछैन । २५ जनाभन्दा बढी सहभागी हुने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको हो ।
सबै सामुदायिक विद्यालय सञ्चालनको हकमा नेपाल सरकार शिक्षा मन्त्रालयको निर्देशनअनुसार हुने जनाइएको छ ।