नेकपा एमाले सुनसरीको पदाधिकारी तर्फको मत गणना आजलाई स्थगित गरिएको छ । जारी मत गणना चिसोका कारण भोलि विहान सम्मका लागि स्थगित गरिएको निर्वाचन कमिटीले जनाएको छ ।
आजलाई स्थगित मत गणना भोलि विहान १०ः३० बाट सुरु गरिने छ । एमाले जिल्ला पार्टी कार्यालयमा भैरहेको मत गणना आजालाई स्थगित गरिनु पूर्व पदाधिकारी तर्फ १ सय ७५ मत गनिएको छ ।
१ सय ७५ मत गणना हुँदा अध्यक्ष तर्फ रेवतीरमण भण्डारीले अग्रता लिएका छन । उनले ८७ मत प्राप्त गर्दा प्रत्यासी खेमराज पोखरेलले ७६ मत ल्याएका छन । द्वारिकलाल चौधरीले भने अहिले सम्म मात्र १० मत पाएका छन । १ मत बदर भएको छ ।
त्यसैगरी उपाध्यक्ष तर्फ निलम खनालले १ सय २ मत ल्याएका छन भने नन्द बस्नेतले ६५ मत ल्याएका छन । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार उपसचिवमा राम कोइरालाले ८९, योग्यराज खड्काले ५३, अञ्जनी पोखरेलले ५३, लोकेश निरौलाले ५२,अर्जुन गहतराजले २८ , पदम लिम्बुले ३६ र लहरु जिमीले १६ र मत ल्याएका छन ।
हिजो इनरुवा खेल मैदानमा सम्पन्न मतदानमा कुल मतदाता २ हजार १ सय ५० मध्ये १ हजार ८ सय ५ जनाले मत खसालेका थिए ।
एमाले सुनसरीको पदाधिकारी तर्फ अध्यक्ष, उपाध्यक्षमा एक–एक जना र उप–सचिवमा २ जना निर्वाचित हुनेछन । सचिव तर्फ पर्शुराम यादव भने यस अघिनै निर्विरोध भैसकेका छन ।( अमर काफ्ले)