महेन्द्रनगर, प्रकाशपुर र राजावासका किसानले तरुल उत्पादन गरेर राम्रो आम्दानी लिन थालेका छन् ।
बराहक्षेत्र नगरपालिमा ६,७, ८, ९ र १० का किसानहरुले १० वर्ष देखी तरुल खेति बाट आम्दानी गर्दै आएका छन् । राजावासका कृषक काजि राई र सुरेस शाहले किसानसँग तरुल खरीद गरेर एक सय टन तरुल काठमाडौ पठाएका छन् । थोरै जग्गामा पनि किसानले राम्रो आम्दानी लिएका छन् । आफै पनि उत्पादन गर्ने गरेको सुरेसले वताए ।
तरुल बाट घाटा छैन प्रति केजि ४० रुपैयाले तरुल बिक्रि हुने गरेको कृषक हुकुमाया वस्नेतले वताईन । थोरै जग्गामा पनि तरुल रोप्न सकिने भएपछी किशानहरु केही बाली नहुने डाँडो खेत र विरुवा बारीहरुमा तरुल रोप्दै आएका छन् ।
माघे सक्रान्तीका दिन हिन्दु परम्परा अनुसार तरुल खाने र तरकारीको रुपमा समेत खाने चलन भएको हुँदा तरुलको माग अत्याधिक भएको कृषक काजी राई बताउँछन् । किसानहरुले एक कठा देखी एक विग्गाह सम्म तरुल खेति गर्दै आएका छन् । प्रकाशपुर र राजावाश बाट मात्रै ३ सय ५० टन भन्दा बढी तरुल काठ्काण्डौ व्यपारीले लाने गरेको कृषक रुद्र कटुवालले वताए ।
अरु बाली जस्तो मेहनत नपर्ने भएको हुदा किशानहरु तरुल खेती तर्फ आकर्षित हुँदै गएका छन । ‘घरमा खानका लागि मात्रै तरुल रोप्दै आएका थियौ, ब्यापारीहरु तरुल खोज्दै घर घरमै आउन थाले र जती उत्पादन गरेपनि किनिदिने भएकाले पहिलो वर्ष दुई कठ्ठामा र यस सिजनमा पाँच कठा खेती गर्दै आएको प्रकाशपुर स्रोरनम्वरका कृषक भिम कार्की ले वताए ।’ कार्कीले यस पर्ष ६० मन तरुल बिक्री गरेका छन् ।
तरुल खेती माघ फाल्गुनमा रोपेपछी एक वर्षमा मात्रै तरुल खान योग्य हुन्छ । सेपिलो र घमाइलो दुर्वै ठाउँमा तरुल फलाउन सकिन्छ । मलिलो र दमोट माटोमा तरुल फस्टाएर आउने गरेको कृषकरु वताउछन् ।
तरुल रोपेपछी एक वर्षमा मात्रै हुने हुँदा तरुल खेतीलाई धेरै चिस्यान पनि नचाहिने र अन्य खेती जस्तो गोडमेल गर्नु नपर्ने भएकोले पनि पछिल्लो समय किशानहरु तरुल खेती ब्यावसायिक रुपमै गर्दै आएका छन् ।
तरुलको विभिन्न जातहरु हुने भएपनि प्रकाशपुर आसपासका किशानहरुले हात्तीपाइले, रातो तरुल रोप्दै आएका छन् । तराईमा फागुन देखी वैशाखसम्म लगाउन सकिन्छ ।