बराहक्षेत्र / सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बराहक्षेत्र नगरपालिकामा नयाँ पिँढि “परिवर्तन सम्भव छ” संस्थाले जेब्रा क्रसिङ अभियान सञ्चालन गरेको छ ।
पहिलो दिन आज बराहक्षेत्र वडा ६ स्थित चक्रघट्टिको बसपार्क बाट मुनाल चोक सम्म जेब्रा क्रसिङ निर्माण गरेको हो।
बढी भिडभाड हुने बसपार्क बाट मुनाल चोक सम्म पहिलो दिन जेब्रा क्रसिङ निर्माण गरिएको नयाँ पिँढि संस्थाका अध्यक्ष शिशिर तामाङले बताएका छन् ।
बजार क्षेत्र र बढी भिडभाडा हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने महेन्द्र नगर ट्राफिक देवराज विष्टले जनाएका छन् । ‘पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जाने गरेकोले यस कार्यलाई न्यूनीकरण गर्न जेब्रा क्रसिङले निकै मद्दत पुर्याउने विश्वास लिएको विष्टले भने , आगमी दिनहरुमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई बराहक्षेत्र नगरपालिकामा अभियानका रुपमा अगाडी बढाउने अध्यक्ष शिशिर तामाङले बताएका छन् ।
उक्त जेब्रा क्रसिङ निर्माण सञ्चालनमा सहयोग गर्नुहुने चक्रघट्टि इलाका प्रहरी, चक्रघट्टि ट्राफिक प्रहरी तथा रङ सौजन्य गर्नुहुने दाताहरु नब दुर्गा ट्रेडस गाईघाट प्रो सन्तोष ढकाल , WEF SURFER मेनेजर उत्सब सुवेदी, आचार्य भारद्दोजका प्रो. घिमिरे अपोलोका प्रो.घिमिरे , बराहक्षेत्रका नेपाली काङ्ग्रेसको युवा नेता समाजसेवी भबिन राई, युवा समाजसेबी तथा जुजारु युवा लेखु नेउपाने र नेपाली काङ्ग्रेस बराहक्षेत्र महिला नगर सभापति छबिना मगर लगाएत सम्पुर्णमा नयाँ पिँढिको तर्फबाट सहयोगी मन प्रति आभार व्यक्त गरेको छ ।