धनकुटामा बहुला कुकुरले टोक्दा १२ जना घाइते भएका छन्।
गएको सोमबार एकैदिन १२ जनालाई बहुला कुकुरले टोकेको हो। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए।
घाइतेमध्ये एक नाबालक र ९० वर्षिया वृद्धालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको पोखरेलले बताए।
बहुला कुकुरबाट धनकुटा नगरपालिका ५, ६ र ७ वडा सबैभन्दा बढी प्रभावित छ। स्थानीय बासीले बहुलाहा कुकुर मार्न धनकुटा नगरपालिकालाई आग्रह गरेका छन्।
त्यस्ता कुकुर मार्न नगर प्रहरी परिचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए।
बहुला कुकुरबाट वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित बनेका छन्।