ताप्लेजुङ / अत्याधिक हिमपातका कारण ताप्लेजुङ पापुङको लोदेन खर्कमा एकैघरका बाबुछोरा तीनदिन देखि फसेका छन् ।
मिक्वाखोला गाउँपालिका–५ सिम्बुकका गोठ सञ्चालक ५० वर्षिय लाक्पा टाँसी शेर्पा र उनका १५ वर्षिय छोरा पासाङ छिरिङ शेर्पा थुनिएका हुन् । भारी हिमपात हुन थालेपछि गोठ सार्ने क्रममा उनीहरु हिउँमा फसेको जनाइएको छ । हिमपहिरोमा परि २५ वटा याक पनि मरेको बताईएको छ ।
आफूहरु हिउँका कारण फसेको भन्दै उद्धारका लागि उनीहरुले बिहान आफन्तलाई फोन गरेका थिए । हेलिकप्टरबाट उद्धारका लागि पहल भईरहेको बताइएको छ ।
बिहानसम्म मोवाईलमा फोन सम्पर्क भएपनि अहिले मोवाईल समेत स्विच अफ भएको उनले बताए । आफूहरु ओढारमा बसिरहेको र खानेकुरा पनि सकिएको फोनमा आफन्तलाई बताएका थिए ।