सिराहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्म निषेधाज्ञा आदेश जारी गरेको हो ।
बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।
पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण ५०० मिटर आसपासका क्षेत्र तथा चोर्वादेखि सिरहा सडक खण्डको पीके राज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटरक पूर्व–पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
कार्यालयकाअनुसार आदेश उल्लंघन गरे सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गरिने छ ।