नेपाली काँग्रेसको महामन्त्रीमा पराजित भएपछि डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् ।
रिजालले बिहीबार महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भएपछि मन्त्रीबाट राजीनामा दिएका हुन् ।
उनले सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् ।
उनले प्रारम्भिक परिणाममै आफूले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।