बराहक्षेत्र नगरपालिका वडा नम्बर १ बराहक्षेत्रधमा साउन २२,२३ गते भएको भगवान वराह जयन्तीको हिसाबकिताब सार्वजनिक भएको छ।
भगवान वराह जयन्ती मनाउन २ लाख ३६ हजार ६ सय खर्च भएको छ। भने देश तथा बिदेशबाट भक्तजनहरुले बराह जयन्ती मनाउन दिएको सहयोग १ लाख४२ हजार ९ सय ६६ रुपैया रहेको र अपुग रकम आयोजक बराह दर्शन फाउन्डेसन र बराह पुराण समुहले ८० हजार ६ सय २३ रुपैया समूहले व्यहोरेको योगेश बराहक्षेत्र बताए ।
उक्त कार्यक्रम २२ गते संन्ध्याकाली महा आरति र २३ गते बिशेश अबिशेक भगवान वराह लाई ढोलीमा राखी पन्चेबाजा सहित बराहक्षेत्र मन्दिर एरिया परिक्रमा लगायत निकै तामझाम गरि भगवान वराह जयन्ती मनाएका थिए ।
आगामी आउने पुसमा धनुर्मासमा वराहक्षेत्रमा “धरणीधर विवाह उत्सव” हुने समेत योगेश बराहक्षेत्र बताए ।