चारधाम मध्येको एक बराहक्षेत्र धाममा यही २३ गते बराह जयन्ती मनाइँदैछ।
अहिले धमाधम मन्दिर सजावटको काम भइ रहेको कप्रत्येक श्रावण शुक्ल पक्षको तृतीया तिथिमा मनाइँदै आएको बराह जयन्ती यसपटक भने विशेष रूपमा मनाउन लागिएको पुजारी तथा पुराणवाचक योगेश भण्डारीले बताए।
हिन्दू धर्मावलम्बीले यस दिनलाई भगवान बराहको धरती आगमन भएको रूपमा लिन्छन्।
यसपटकको बराह जयन्तीमा २२ गतेको दिन विशेष आरती, २३ गते कोकाकौशिकीमा महाआरती, मंगल यात्रा उत्सव, कालिन भगवानको स्नान, दुग्ध अविषेक, गीता पाठ लगायतका कार्यक्रमहरू रहने भण्डारीले जानकारी दिए।