सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ पिसुपुल स्कुल नजिक बस्ने ३० बर्षीय कल्पन खड्काको उपचारका लागि उठेको आर्थिक सहयोगको हिसाब किताब सार्वजनिक भएको छ।
करिब एक महिना अगाडि बाख्रालाई घाँस काट्ने क्रममा रुख बाट लडेर घाइते भएकी थिन।
खड्का घाइते भएर उपचार गर्न आर्थिक अभाव भनेर वराह दर्पणमा भिडियो सहित समाचार आएपछि विभिन्न ठाउँबाट आर्थिक सहयोग प्राप्त भएपछी उनको सफलता पुर्बक उपचार भएर अहिले घरमै आरम गर्दै बसेकी छिन ।
उनको उपचार गर्न सार्वजनिक गरेको खाता जम्मा भएको रु १० लाख ५८हजार ९सय ४२ रुपैया बिरामीको साशुलाई विभिन्न ब्याक्तीले २ लाख ३४हजार ३सय ५० रुपैयाँ घरमा दिएको र हस्पिटलमा आएर पनि विभिन्न ब्याक्ती बाट रु १लाख ९२ हजार र अभियान कर्ता वराह दर्पण का संचालक दिपक पुरीको खातामा जम्मा भएको ९१ हजार २सय १५ रुपैया गरि कुल उठेको रकम जम्मा १५ लाख ७६ हजार ५सय ७ रुपैया प्राप्त भएको छ भने जसमा ८ लाख २ हजार खर्च भएको छ। खर्च कटाएर बचत ७ लाख ७४ हजार ३ सय ७ रुपैया बचत रहेको र थप उपचार गर्न अझै बाकी रहेकोले उक्त पैसा बैंक जम्मा गरिएको खम्ब सिंह खत्रीले बताए । कल्पना खड्काको उपचारको लागी हाललाई आर्थिक संकलन अभियान समेत बन्द गरेको जानकारी