वराहक्षेत्र नगरपालिकाले बजार अनुगन सुरु गरेको छ।
नगरपालिकाले बजार अनुगमन अहिले प्रभावकारी बन्दै आएको छ।
नगरपालिकाले आइतबार वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ७,३ बाङ्गे बजारमा कडाइका साथ बजार अनुगमन गरिएको अनुगमन संयोजक नन्दकुमारी सुनुवाइले बताइन् ।
अनुगमन गर्ने क्रममा केही पसल उपभोग्य मिति नाघेका उत्पादन मिति नभएको खाद्य वस्तु टोलीले नियन्त्रणमा लिएर नष्ट गरिएको । म्याद नाघेका बस्तु बिक्रीवितरण गर्न राखिएको पसलहरुलाई सचेत गराईएको र अहिले अनुगमन गर्दा बजारमा पहिलाको जस्तो नभए निकै परिवर्तन भएको आर्थिक बिकास शाखाका अधिकृत मातृका तिवारीले बताए ।
अनुगमन गर्ने क्रममा ब्यापारी तथा स्थानीयहरुले यो अनुगमन निकै प्रभाव भएको बताए।
वराहक्षेत्र नगरपालिकाकि उप – प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजारका खाद्यान्न पसल , मेडिकल, होटल लगायतमा अनुगमन गरेका थिए ।
टोलीले अनुगमनका क्रममा केहीले वील विजक चुस्तदुरुस्त नराखेको, मुल्यसूची नराखेको, राखेको भए पनि त्यसलाई दैनिकरुपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्य वस्तु केही मात्र फेला पारेको थियो ।
नगर उप-प्रमुख सुनुवार नेतृत्वको अनुगमन टोलीमा , उद्योग वाणिज्य संगका प्रतिनिधि तुलसी श्रेष्ठ , नगरपालिकाको आर्थिक बिकास शाखाका प्रमुख अधिकृत मातृका तिवारीले नगर प्रहरी कर्मचारी ,पत्रकार लगाएको सहभागीता रहेको थिए ।