बराहक्षेत्रको चक्रघट्टीमा बाटोको विषयलाई लिएर ३ दिन देखी अनसनरत टोलीलाइ अनसन तोडी वार्तामा बसेर छलफल गर्न बराहक्षेत्र नगरपालिकाको प्रतिनिधि मण्डलले आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्लको नेतृत्वमा गएको टोलीले वार्तामा अाउन आग्रह गरेको हो । अनसनले समस्या समाधान नहुने जनाउदै वार्ता छलफल बाट निकास गर्न सकिने भएको हुँदा दुवै पक्ष वसेर छलफल गर्न नगरपालिकाको प्रतिनिधि मण्डलले आग्रह गरेको छ।
तर अनसनरत टोलीले पहिले निकास दिए मात्र वार्ता गर्ने जिकिर गरेका छन । पहिला वसेर छलफल गरेपछी समस्याको समाधान भएको १ मिनेट पनी अससन नबस्ने उनीहरूले बताए ।
अधिकृत मल्लको नेतृत्वमा बराहक्षेत्र नगरपालिका ६ नं वडाका वडा अध्यक्ष उद्वव प्रसाद पोख्रेल १० नं वडाका वडा अध्यक्ष तेजबहादुर गुरुङ नगर प्रहरी कमाण्डर रण बहादुर विष्ट लगाएतको प्रतिनिधि टोली अनसन स्थलमा गएको थियो।
बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीको महेन्द्र गेट मुनाल चौक र मुनाल चौक देखि बसपार्क सम्मको वाटो लाइ सडक विस्तार तथा साैन्दर्यकरण गर्ने योजना अनुसार नगरपालिकाले वाटो मिचेर बनेका संरचना हटाउने ३५ दिने र ७ दिने सुचना जारी गरे पश्चात् स्थानियवासी अान्दोलित भइ ३ दिन देखी अनसनरत रहेका छन ।
नगरपालिकाले कम्तिमा वाटो लाइ ६५ फिट कायम गर्ने गरी पुरानो नाला सम्मको बाटोको क्षेत्र कायम गर्ने भनी सुचना जारी गरेको थियो।