वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित श्रीलंका टप्पुमा मङलवार बृहत् स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
वराहक्षेत्र नगरपालिकाको कार्यालय , नेपाल प्रहरी श्रीमति संघ र नेपाल प्रहरी कार्यालय सुनसरीको संयक्त आयोजनामा उक्त शिबिर आयोजना भएको हो ।
शिविरमा स्थानियहरुलाई जेनेरल फिजिसियन , स्त्री रोग , प्रसुती जाँच तथा भिडियो एक्सरे सेवा , हाडजोर्नी तथा नशा रोग जाँच सेवा , बाल रोग जाँच सेवा त्यस्तै युरोलोजिष्ट सेवा ( पिसाव सम्बन्धी रोग ) , नि-शुल्क शल्यकृया तथा अौषधी बितरण सहित आँखा जाँच सेवा सम्बन्धी बिशेषज्ञ चिकित्सकहरुले चेक जाँच, परामर्श सेबा प्रदान गरिएको थियो ।
शिविरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको स्वास्थ्य शिबिर कार्यक्रममा प्रमुख आतिथि नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष लक्ष्मी कुवर रहेकी थिईन् । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य माननीय सदान्द मण्डल, नेपाल प्रहरी श्रीमति संघकी उपध्यक्ष रुपा थापा, नेपाल प्रहरी श्रीमति संघ कोशी प्रदेश अध्यक्ष हरिता देबकोटा बास्तोला त्यस्तै प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायब महानिरिक राजेशनाथ बास्तोला , कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारी, हरिनगरा गाउँपालिका अध्यक्ष गफार मियाँ वराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख नन्दकुमारी सुनुवार, इनरुवा नगरपालिकाकी उप-प्रमुख बिनिता मेहता , जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक निपिन्न रेग्मी, जिल्ला प्रशाशन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी अोमप्रसाद भट्टराई , वडा नं ६ का अध्यक्ष उद्बव पोखरेल, वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवशी , द्योग बाणिज्य संघ वराहक्षेत्रका अध्यक्ष सुरेन्द्र गुप्ता लगाएको आतिथ्ता रहेको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मनत्वय प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायब महानिरिक राजेशनाथ बास्तोलाले राखेका थिए ।
स्थानिय टप्पुवासिहरु आधारभुत स्वास्थ्य सेवाबाट समेत टाढा रहेकाले शिविर आयोजना गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । टप्पुमा आदारभुत आवश्यकताका पूरा गराउने कार्यमा लागि परेको र शिक्षा , खानेपानी, सुरक्षा , सिचाई , यातायातसंगै स्वास्थ्य लगाएको कुरामा नगरपालिकाले योजना बनाएर काम गर्ने कार्कीले बताए । उन्ने भन्ने शिबिर आयोजना गरेर स्वास्थ्य सम्बन्धी सचेतना र जनचेतना बढाउन खोजेका हौ । ग्रामिण बस्तिमा स्वास्थ्य शिबिर आयोजना गरेर नगरवासीलाई स्वास्थ्य बनाउने योजनामा नगरपालिका लागि परेका छौ ।