बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको कोमल साना किसान कृषि सहकारी संस्थाको ११औं साधारणसभा साथै अधिबेशन सम्पन्न भएको छ।
२०७० सालमा स्थापना भएको सहकारीले शनिबार आफ्नो शेयर सदस्य , बचतकर्ता ,संचालक समिति सरोकारवालाहरुको उपस्थितिमा ११औं बार्षिक साधरण सभा सम्पन्न गर्दै नयाँ संचालक समिति समेत चयन गरेको छ।बराहक्षेत्र ३ कुपिखोला निवासी दानबहादुर थापाको अध्यक्षमा १३ समिति चयन भएको संस्थाको प्रबन्धक बिकल लामिछानेले बताए ।
जसमा उपाध्यक्ष विणा खनाल सदस्यहरु रघुनाथ अधिकारी ,सुनिता राजधामी ,जानुका खनाल रेग्मी, निर्मला धामी, लिला देवि शर्मा, मिना कार्की, देव नारायण चौधरी, सुसना खत्री ,सुमन शाह, पशुपति चौधरी ,र मोहन सुवेदी संचालन समितिमा सर्वसम्मत चयन भए भने लेखा समितिमा संयोजक बिष्णु बिष्ट प्रमिला भट्टराई र सुरेन्द्र खत्री चयन भएको लामिछानेले बताए ।
साधरणसभामा संस्थाकि अध्यक्ष गिता कट्टेलले संस्थाको बार्षिक प्रगति विवरण प्रस्तुत गरेकि थिइन भने संस्थाको बराहक्षेत्र ३,४,५ लाई कार्यक्षेत्र रहेर गतिविधि गरिरहेको हालसम्म १३ सय १८ जना सदस्य बनाउन सफल रहेको कट्टेलले बताइन् ।
संस्थाको आर्थिक प्रगति प्रतिबेदन प्रबन्धक बिकल लामिछाने प्रस्तुत गरेका थिए जसमा हाल सम्म सेयर रकम ८८लाख ६९ हजार ७ सय रहेको छ।
बचत निक्षेप हिसाब ४ करोड २४ लाख ६५ हजार ६ सय ८५ रुपैयाँ रहेको छ।संस्थाले लिएको ऋण १ करोड ९१ लाख २९ हजार २ सय रहेको छ।
कोषको हिसाब विवरण ८२ लाख ३३ हजार रहेको छ।
संस्था संचालनमा नाफा १ करोड १७ लाख ६१ हजार ९० रुपैया रहेकोमा कुल खर्च९४ लाख ५ हजार ६ सय २२ रुपैया खर्च भइ खुद नाफा २३ लाख ५५ हजार ४सय ६८ रुपैया रहेको छ।संस्थाले ६ करोड २६ लाख १९ हजार ३ सय ७ रुपैया ऋण लगानी गरेको समेत लामिछानेले बताए ।
कार्यक्रममा लेखा समितिका संयोजक शान्ति कुमारी रिजालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिइन।
सहकारीले सेयर सदस्य मध्ये जेष्ठ नागरिक उत्कृष्ट कारोबार गर्ने दैनिक बचत कर्ता बाल बचत कर्ता उत्कृष्ट कृषक लाई समेत सम्मान गरेको लामिछानेले बताए ।
अध्यक्ष गिता कट्टेलको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका उप प्रमुख नन्द कुमारी सुनुवार राई रहेका थिइन भने बिशेश अतिथि बराहक्षेत्र नगरपालिका आर्थिक बिकास सहकारी शाखा प्रमुख मातृका तिवारी रहेका थिए। भने विभिन्न संघ संस्थाका प्रतिनिधि सेयर सदस्य लगायतको उपस्थितिमा उक्त कार्यक्रम मुनबिम एकेडेमी स्कुलमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बिना खनालले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन संस्था प्रबन्धक बिकल लामिछानेले गरेका थिए ।