बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित श्रीलंका टप्पुमा स्थानिय पशुपालन कृषकहरुका बाख्रा बिरामि हुन थाले पछि नगरपालिका रोग नियन्त्रणकालागि सक्रिय भएको छ ।
केहिदिन देखि स्थानिय पशुपालन कृषकका बाख्रामा नाकबाट सिंगान बग्ने, मुखमा खटिरा निस्कने, छेर्ने, टाउको हल्का सुनिएको जस्तो हुने, घाँस नखानेलगायतका लक्षण देखिन थालेका थिए ।
बाख्रा बिरामि हुँदै मर्न थाले पछि नगर प्रमुख रमेश कार्की टप्पुमा पशु प्राविधिक सहित शुक्रबार बिहान निरीक्षण गर्नु भएको वडा नं ९ का निबर्तमान वडा सदस्य स्थानिय शम्बु चन्द्रबशीले बताए ।
मेयर रमेश कार्की नेतृत्वको पशु तथा भेटनरी प्राबिधिकहरु बिमल अधिकारी र मेघराज बस्नेत सहितको टोलीले रोग लागेको बाख्रालाई अौषधी सहित पीपीआरको महामारि बारेमा जानकारी समेत गराउनु भएको चन्द्रबशीले बताए ।
टप्पुमा २ दर्जन भन्दा बढि पशु पालन कृषकहरुको सयौको संङख्या भन्दा बढि बाख्रा बिरामि भएको र दस / एघार वटा बाखा मरिसकेका स्थानिय पवन चन्द्रवशीले बताए ।
कृषि तथा पशुपालन गरेर जिबिका पार्जन गर्दै आएका टप्पुमा बाख्रामा समस्या देखिएकाले नगरपालिकाका पशु तथा भेटनरी प्राबिधिक ल्याएर रोगको उपचार , महामारि नियन्त्रणको काम थालिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
टप्पुमा बाख्राको बारेमा लागेको रोगको बारेमा भेटेरेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरि ईनरुवा समेत जानकारि गराएको र अब टोलि सहित थप बाख्रामा लागेको रोग परिक्षण गरेर बाख्रालाई भ्याक्सिन लगाउने काम सुरु गरिने नगरपालिकाका पशु सेबा शाखाका भेटनरी प्राबिधिक बिमल अधिकारीले बताए । बाख्रामा लागेको रोग पुष्टि गरेर थप महामारि नियन्त्रणको काम थाल्ले उनले बताए । हाल कृषकलाई औषधि नि:शुल्क वितरण र महामारिबाट बाख्रालाई सुरक्षित गराउने उपाय र आहारा बारे सचेतनाको कार्य गरेको अधिकारिले बताए ।
यस अगाडि पनि वराक्षेत्र नगरपालिकाको वडा नं १ को सूर्यकुण्ड, चावाचा, बराहक्षेत्र, भण्डारीटार, बगुवा, गैरीटोल लालबस्ती, चतरालगायतका बस्तीका कृषकले पालेका बाख्रामा नाकबाट सिंगान बग्ने, मुखमा खटिरा निस्कने, छेर्ने, टाउको हल्का सुनिएको जस्तो हुने, घाँस नखानेलगायतका लक्षण देखिन थाले पछि भेटेरेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरि ईनरुवासंग समन्वय गरेर भ्याक्सिन र औषधि नि:शुल्क वितरण गरेको नगरपालिकाका पशु सेवा शाखाका भेटनरी प्राबिधिक मेघराज बस्नेतले बताए ।