बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ लक्ष्मी चौक बस्ने बस्ने निर्मला श्रेष्ठ अधिकारीको घरमा लगाएको ढोकाको ताल्चा फुटाएर गरगहना चोरी गर्ने चोर पक्राउ परेका छन।
गत कात्तिक २४ गते घर बाहिर जन्न अघि निर्मला श्रेष्ठ अधिकारीले ढोकामा ताल्चा लगाइ बाहिर गएकी थिन भने घर फर्केर आउँदा लगाएको ताल्चा फुटाई कोठा भित्र राखिएको सुटकेसबाट सुन र चाँदीको गरगहना चोरी भएको थियो ।
चोरी भएको खबर इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई प्राप्त हुनसाथ प्रहरीको टोली खटी निज निर्मला श्रेष्ठ अधिकारीको घरकोठामा पुगी घटनाबारे बुझि घटनास्थल समेत अबलोकन गरी उक्त घटना सम्बन्धमा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा सोही दिन १ बजे तिर बराहक्षेत्र नगरपालिका वडा ७ बिशाल चौक स्थित सडकमा शंकास्पद अबस्थामा हिडीरहेको बराहक्षेत्र न.पा. वडा नं. ७ बस्ने चण्डी प्रसाद अधिकारीको छोरा १९ बर्षको सुजन अधिकारीलाई फेलापारी निजलाई आवश्यक सोधपुछ पश्चात निजको शरिर रितपुर्वक खानतलासी गर्दा निज सुजन अधिकारीले लगाएको पेन्ट भित्र फेला परेको थियो ।
उनको गोजीबाट २ वटा प्लाष्टिकको बट्टा फेला परेको उक्त बट्टा खोली हेर्दा बट्टा भित्र निर्मला श्रेष्ठ अधिकारीको घरबाट चोरी भएको सुनको फेन्सि पेण्डल तौल ४ आना ५ लाल भएको थान-१, सुनको बेरुवा औठी तौल ७ आना भएको थान-१, सुनको फेन्सि औठी तौल ३ आना १ लाल भएको थान-१,सुनको पंचरत्न चुरा तौल ६ आना १ लाल भएको थान-१, सुनको नवरत्ने औठी तौल ४८ लाल भएको थान-१, सुनको लेप लगाएको चन्द्रमा थान-१,सुनको लेप लगाएको मोती माला जडान भएको चन्द्रमा थान-१, सुनको लेप लगाएको चोकर थान-१, चाँदीको बच्चाले लगाउने पत्थरवाला ब्रासलेट थान-१,चाँदीको सिक्री थान-१, चाँदीको सानो पाउजु १ जोर, चाँदीको ठुलो पाउजु १ जोर र चाँदीको बिच्छि थान-४ समेत फेला परेकोले उक्त सुन र चादीको गरगहना बरामद गरी निज सुजन अधिकारीलाई पक्राउ गरिएको प्रहरी जनाएको छ।
पक्राउ गरि जिल्ला अदालतबाट समेत अनुमती लिई निज सुजन अधिकारीलाई यस कार्यालयको हिरासतमा राखी घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।