बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जरमा रहेको चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २५औं साधारणसभा आफ्नो कार्यालयको प्रागङ्गमा सम्पन्न भएको छ।
संस्थाले साबिक भरौललाई कार्य क्षेत्र बनाएर २०५५ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा दर्ता भइ संचालनमा आएको २५ औं बर्ष पुगेको छ। संस्थामा हालसम्म १ हजार २ सय १६ जना सेयर सदस्य रहेका छन।
संस्थाको कुल सेयर पुजी ६८ लाख ९६हजार ४सय कोष पुजि ४३ लाख ८६ हजार ४सय ८० रुपैया निक्षेप हिसाब ३ करोड ८ लाख ५९ हजार ३सय ९१ रुपैया , बाहय ऋण ७९ लाख ४ हजार १सय २२ रुपैया भुक्तानी दिनुपर्ने हिसाब १४ लाख २० हजार ७सय ८६ रुपैया अन्य दायित्व ९ लाख ७० हजार २सय १ रुपैया गरि कुल दायित्व ५ करोड २४ लाख ३७ हज३सय ८१ रुपैया रहेको छ। भने संस्थाको कुल आम्दानी ९२ लाख ६६ हजार रहेको छ। भने कुल खर्च ८५ लाख ८५ हजार ३ सय रहेकोमा संस्थाको खुद मुनाफा ६ लाख ८० हजार ७ सय रुपैया रहेको संस्थाको कोषाध्यक्ष धनमाया बस्नेत बताइन।
संस्थाले उत्कृष्ट बचत गर्ने उत्कृष्ट ऋण चुक्ता गर्ने नियमित सांवा बुझाउने बढी सेयर खरिद गर्ने २-२ गरि जम्मा ८ जना र उत्कृष्ट क्रर्मचारी पुस्पा राईलाई संस्थाले सम्मान समेत गरेको संस्थाका अध्यक्ष कुमारी बस्नेतले बताईन
कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन संस्थाकि अध्यक्ष कुमारी बस्नेत प्रस्तुत गरेकी थिन । भने बार्षिक प्रगति प्रतिबेदन संस्थाकि सचिव मिना कटुवालले प्रस्तुत गरेका थिए भने कार्यक्रम संस्थाको अध्यक्ष कुमारी बस्नेतको सभापति रहेका थिए भने राष्ट्रिय सहकारी बैंक धरान समझाना दाहालको प्रमुख अतिथि रहेकोे थियोे भने कार्यक्रम संस्थाको व्यवस्थापन मौसम बिश्वक्रर्मले संचालन गरेका थिए ।