सुनसरीको वराहक्षेत्र ६ चक्रघट्टीमा वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बराहक्षेत्र गोल्ड कप असोज २९ बाट सुरु हुने भएको छ ।
असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता चक्रघट्टी फुटबल क्लबको आयोजनामा महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा नेपाल र भारतका गरि आठ वटा टिमले सहभागिता जनाउने छन् ।
खेलमा वराहक्षेत्र ११, गत बर्षको बिजेता बक्लौरी फुटबल क्लब, चित्ल्याङ्ग फुटबल क्लब, काठमाडौं, ब्रिगेड ब्वाइज क्लब, काठमाडौं, शान्तिनगर फुटबल क्लब, इटहरी, बि.एस.के. क्लब भारत, चक्रघट्टी फुटबल कल्ब र फ्युजन फुटबल क्लब, उदयपुर बिच हुने गोल्डकप संयोजक दिनेश राईले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख र दोस्रो पुरस्कार एक लाख राशिसहित सिल, ट्रफी, मेडल, मेन अफ द म्याच प्रत्येक खेलमा ३ हजार , अन्य बिद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई ५ हजार हाइस्कोर गर्ने खेलाडीलाई ८ हजार र उत्कृष्ट खेलाडीलाई १२ हजार नगद, ट्रफी मेडल राखिएको राईले बताए ।
उक्त प्रतियोगिता संचालन गर्न कुल ४२ लाखको अनुमानि बजेट उक्त प्रतियोगिता संचालन हुनेछ ।
मुख्य प्रायोजक वाईवाई वराहक्षेत्र नगरपालिका खेलकुद विकास समिति संरक्षक , बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ को कार्यालय सह प्रायोजक र विशेष सहयोगी सुनसरी जिल्ला फुटबल सङ्घ रहेको आयोजकले जनाएको छ ।