वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्याउन नगरपालिकाले काम थालेको छ ।
हालसम्म मोटर वाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिरबाट मोटर बाटोले जोडन ट्राक खोल्न अध्ययन थालेको हो ।
बुधबार बिहान नगरपालिकाका प्राबिधिक लिएर नगर प्रमुख रमेश कार्की र वडा नं १ का अध्यक्ष किसन थापा मगर मोटर बाटोको ट्राक खोल्ने कार्यको अध्ययनकालागि गाउँमा आउनु भएको स्थानिय देबचन्द्र राईले बताए ।
दुई टोलमा गरेर करिव ३० घर रहेको उक्त गाउँ वराहक्षेत्र नगरपालिको सिरानमा रहेको छ । वराहक्षेत्र मन्दिरबाट करिव ६ किलोमिटरको दुरिमा रहेको उक्त गाउँमा मोटर बाटो पुर्याउने योजना अनुसार ट्राक खोल्न नगरपालिकाले योजना बनाएको नगर प्रमुख रमेश कार्कीले बताए ।
नगर प्रमुख कार्कीले भन्ने “मोटर बाटोको ट्राक खोल्न स्थानियहरुको सक्रियतामा नगरका प्राविधिकहरु सहित निरिक्षण गरिएको छ । अब प्राबिधिकहरुले थप अध्ययन गरेर दशै, तिहार पछि ट्राक खोल्ने काम हुन्छ।
नगर प्रमुख कार्की , वडा अध्यक्ष मगर सहित नगरपालिकाका प्राबिधिक इन्जिनियर राजु भट्टराई , नवीन खनाल , वराहक्षेत्र मन्दिर संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ र सदस्य गणेश परियार ट्राक खोल्ने योजना सहित बाक्सिङटार र सिलपाखा पुगेका थिए ।
साबिक वराहक्षेत्र गाबिस वडा नं ९ को पुरानो गाउँ भए पनि मोटर बाटो अहिलेसम्म गाउँमा नपुगेका कारण धेरै कुराको असुबिधा हुने गरेको स्थानिय रबि राईले बताए । बिद्यालय जान , अस्पताल जान , गाउमा उत्पादन भएका कृषि उत्पादन बिक्रि गर्न मोटर बाटो नहुदा धेरैनै असहज भईराखेको उनको भनाई छ । उन्ने भन्ने “बुधबार प्राबिधिक सहित वडा अध्यक्ष र नगर प्रमुख गाउँमा मोटर बाटो पुर्याउने योजना सहित आए पछि खुशि लागेको छ । अब चै हाम्रो समस्या समधान हुन्छ जस्तो लागेको छ । नगर प्रमुख आफै प्राबिधिक लिएर मोटर बाटोको लागि ट्राक खोल्ने योजना लिएर आउदा हामि धेरै खुशी छौ । हामी पनि श्रमदान गर्ने छौ ।
नगर प्रमुख , वडा अध्यक्ष र प्राबिधिकसंगै बाक्सिङटार र सिलपाखा पुगेका वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले मोटर बाटोले पुगे पछि स्थानियको समस्या आधा हल हुने बताए । पुरानो गाउँ भए पनि हालसम्म मोटर बाटो नपुगेको र नगर प्रमुख मोटर बाटो पुर्याउन सक्रिय हुनु भएको भन्दै खुशी समेत भएको बताए ।