बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ देबिघाटको देबि मन्दिर स्थित मोटरसाइकल र ट्याक्टर सहित ५८ वटा चिरानी काठ बरामद गरेको छ।
मंगलबार २६ गते बिहानको ३;३० बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक मनिष कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा नं.७ देविघाट स्थितबाट साल जातको ५८ वटा चिरानी काठ करिब ६३.८२ क्यू. फिट बरामद गरेको प्रहरीले जनाएको छ ।
काठ संगै प्रहरीले काठ लोड गरेको को १ त ८०१४ नम्बरको एउटा ट्याक्टर र सोही ठाउमा रहेको को ९ प २४२२ नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरेको प्रहरीले बताए ।
पक्राउ गरेको मोटरसाइकल ट्याक्टर थप आवश्यक कारबाहीको लागी नडाहा सव-डिभिजन वन कार्यालय नडाहालाई बुझाईएको मनिष थापाले बताए ।