बराहक्षेत्रको डोभर इङलिस स्कुलको विद्यार्थीले प्रकाश मा.बि बाट SEE दिएको भन्दै परिक्षा बोर्डमा उजुरी
बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुरमा रहेको डोभर इङलिस स्कुलको विद्यार्थीले गत बर्ष प्रकाश मा.बि बाट SEE दिएको भन्दै परिक्षा बोर्डमा उजुरी परेको छ।
रितुराज मेहताको नाम गरेको ब्याक्तीको SEE परिक्षा पास गरेको प्रमाणपत्र रद्द गर्नुपर्ने भन्दै परिक्षा बोर्डमा उजुरी परेको थियो ।
रितुराज मेहता कक्षा ९र१० डोभर इङलिस स्कुलमा अध्यन गरेको र फाइनल परिक्षा दिन भने उनले छिमेकी स्कुल प्रकाश माध्यमिक बिधालयबाट दिएको निवेदनमा उल्लेख रहेको छ।
उक्त निवेदन अनुसार मेहता लाई प्रकाश माध्यमिक बिधालयमा परिक्षा दिन वातावरण मिलाएको भन्दै एक शिक्षक लाई गरि कारबाही गरि पाउ भनेर उजुरीमा उल्लेख रहेको स्रोतले बताएको छ।
जिल्ला शिक्षा कार्यालय सुनसरीबाट उक्त प्रकाश माबि स्कुल छानबिनको लागि टोलि आएर स्कुलको सम्पूर्ण विवरण चेकजाँच गरि थप विवरण पठाउन स्कुललाई निर्देशन दिएका थिए ।
स्कुलले आज १७ गते निमित्त प्र.अ.दिनेश प्रसाद यादवले सबै विवरण पठाइएका हुन। यता बिब्यस अध्यक्ष नगेन्द्र बस्नेतले भने भोलि १८ गते बिधालय व्यवस्थापन समिति लगायतको बैठक बसेर यश बारेमा छलफल हुने बताए ।
जसमा शिक्षा विकास समन्वय इकाई कार्यालयका इनरवा, सुनसरी द्वारा यस विद्यालयको शैक्षिक सत्र २०७९ सालको एसइइ परीक्षामा नियमित परीक्षार्थीको रुपमा सामेल रितुराज मेहताको हाजिरी विवरण माग गरेकोमा कक्षा १० का विद्यार्थीको हकमा यो विद्यालय शैक्षिक सत्र २०७९ मा पठनपाठन र परीक्षा गरी जम्मा (१४८+२२) १७० दिन सञ्चालन रहेकोमा निज विद्यार्थीको सम्मा उपस्थिती (९३+२२) ११५ दिन रहेको र निज विद्यार्थीको अभिभावक श्रीलाल मेहताले मिति २०७९/०२/१० गते छोराको ढाड दुख्ने समस्याको कारण विद्यालयमा नियमित रुपमा उपस्थित भई अध्ययन गर्न नसक्ने र घरैमा अध्ययन गराई परीक्षामा सहभागि गराइ पाउँ भनि निवेदन दिएको र विभिन्न स्वास्थ्य संस्थामा लगि उपचार गरेको समेत जानकारी गराएकोले निज विद्यार्थीको अभिभावकले विद्यालयमा उपलब्ध गराएका ८ थान प्रतिलिपी कागजपत्र सहित निज विद्यार्थीको हाजिरी विवरण त्यस कार्यालयमा पठाएको व्यहोरा अनुरोध छ ।
भनेर पठाएको प्रधानाध्यापक चुडामणिा खनालले बताए