नगरपालिकाको कार्यालयमा नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा भएको सरोकारवाला निकायहरु संग बिपत्त व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ।
अन्तरक्रिया कार्यक्रममा डेङगो रोग नियन्त्रण सहित जगली फिरन्ते हात्तिको आतङ्गलाई नियन्त्रण गर्न , पशुहरुमा फैलिरहेको लम्पि स्कीनको संक्रमण नियन्त्रण र वाढि पहिरो प्रकोप र पुर्व तयारीको समस्या तथा समधानको बिषयमा ससरोकारवाला पक्षसंग अन्तर्क्रिया गरिएको प्रेस संयोजक संगम बिष्टले बताए।
बिष्टका अनुसार डेङगु रोक नियन्त्रणकालागि लार्भा सर्च एण्ड डिस्ट्रोय अभियानलाई भोलि सनिवार देखि सबै ११ वडा कार्यालयले लाभालाई खोज नष्ट गर कार्यलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा डेङ्गु संक्रमणको दर बढि रहेको अवस्थामा नगरपालिकाले निशुल्क डेङ्गु परिक्षण लगायत आवश्यक कृट औषधिलाई जहाज रूपमा सबै स्वास्थ केन्द्रहरुमा उपलब्ध गराउने कार्कीले बताए ।
यता करिब १० दिने देखि बराहक्षेत्रको वडा नम्बर २,३,५ र ७ नम्बर वडा हात्तिबाट जंगल संग नजिक भएको घरहरु प्रभाबित भएका छ्न। कार्यक्रममा नजिक रहेका टोलका स्थानियहरुलाइ जंगलमा घास दाउरा जान रोक्ने , हात्तिबाट प्रभाबितलाई राहातको प्याकेज , हात्तिलाई बस्तिमा पस्न नदिन सुरक्षा निकायसंग सहकार्य गर्ने र सचेतनाका कार्यहरु गर्ने निर्णय गरेको छ । त्यस्तै पशुहरुमा फैलिरहेको लम्पि स्कीनको संक्रमण नियन्त्रणकालागि पशुमा अौषधि लगाउने थप कार्य गर्ने निर्णय समेत गरिएको प्रेस संयोजक बिष्टले बताए ।
छलफलमा नगर उपप्रमुख श्री नन्दकुमारी सुनुवार ज्यु, निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री देवेन्द्रबहादुर मल्ल ज्यु, वडाध्यक्षहरु, सुरक्षा निकायका प्रतिनिधि ज्युहरु , बन कार्यालयका प्रतिनिधि ज्यु, उद्योग बाणिज्य संघ वराहक्षेत्र र चतराका अध्यक्ष ज्युहरु , चतरा अस्पताल, नगर अस्पताल र प्रथामिक स्वास्थ्य केन्द्र मधुवमका चिकित्सक ज्युहरु, नगर स्वास्थ्य शाखा, पशु सेवा शाखाका कर्मचारी लगायतको अन्तरक्रियामा सहभागिता रहेको थियो ।