वराहक्षेत्र नगरपालिकाले उपभोक्ताहरुको अधिकार सुनिश्चिताकोलागि बजार अनुगमनलाई प्रभाबकारी बनाउदै गएको छ ।
व्यपारीहरुलाई सचेतना जगाउदै बजारबाट उपभोक्ताहरुले पाउने पर्ने गुणस्तरिय बस्तु , मुल्यको एकरुप्ता , कानुनी प्रमाणहरु लगायत बिषयमा अनुगमन गरिएको थियो ।
सोमबार नगरपालिकाले वडा नं १ चतरा बजारमा रहेका खाद्यन किराना पसल, होटल , मदिराका पसलहरुको अनुगमन गरेको थियो।
अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरुलाई नियमको पालना , म्याद नाघेका साम्रागी राख्ने व्यापरिहरुलाई सचेतना, ४० माइक्रोन भन्दा कम प्लाष्टिकका झोलाको अनुमगन गरिएको नगरपालिकाका आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिवारीले बताए ।
अनुगमनको क्रममा उपभोग्य मिति नाघेका खाद्यवस्तु , त्यस्तै म्याद नाघेका बस्तु बिक्री वितरण गर्न राखिएको पसलहरूलाई सचेतना र दर्ता प्रकृयामा रहेका व्यवसायहरुलाई आवश्यक सजिकरण समेत अनुगमनको क्रममा गरिएको उप-प्रमुख नन्दकुमारी सुनुवारले बताईन्।
बजारमा म्याद नाघेका सामाग्री, कालोबजारी र खाद्य सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋद्बि प्रकाश सिटौलाले बताए ।
अनुगमनले व्यापरीहरुलाई सचेतना र उपभोक्ताहरुको अधिकारको सुनिश्चिता हुने उद्योग बाणिज्य संघ चतराका अध्यक्ष कृष्ण कट्लले बताए ।
नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रशासकिय अधिकृत ऋद्बि प्रकाश सिटौला, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी,उद्योग वाणिज्य सङ्घ चतराका अध्यक्ष कृष्ण कट्टेल ,पत्रकार लगाएको सहभागीता रहेका थिए।