झापाको दमकका प्रमुख प्रशासकीय अधिकृतले क्वार्टरमा रङरोगन गर्न लगाएका छन् । एक महिलासँग मदिराको नसामा अनैतिक गतिविधि गर्दै गरेको भिडियो सार्वजनिक भएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा रङरोगन गर्न लगाएका हुन् ।
अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको उनी विवादमा तानिएका छन् । विवादमा तानिएपछि उनले प्रमाण नष्ट गर्न क्वाटरमा रङरोगन गरेका हुन् । सार्वजनिक भएको भिडियोमा निरौला र महिला दुवै मदिराको नशामा लठ्ठ रहेको देखिन्छ । महिलाले टिकटकमा लाइभ कुराकानी गरिरहेका बेला लाइभमै अनैतिक गतिविधि गरेको भिडियोमा देखिन्छ ।
भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनको विरोध भएको छ । विरोध भएपछि निरौलाले यो भिडियो काठमाडौंको भएको दाबी गरेका छन् । काठमाडौंमा जन्मदिन मनाउँदाको भिडियो भएको दाबी गर्दै आएका छन् ।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको बताए । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । भिडियोले दमक नगरपालिकाकै बद्नाम भएको उनको भनाइ छ ।
विवादमा तानिएपछि निरौलाले नगरपालिका परिषरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन गर्न लगाएका हुन् । घटना बाहिरिएपछि छानविन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेका हुन् ।
विगतमा रहेको हरियो रंग बदलेर उनले पहेँलो रंग लगाएका छन् । उक्त कोठमा देखिएको एसीले भने ती महिलासँग अश्लील हर्कत गरेको कोठा नगरपालिकाकै क्वार्टर भएको पुष्टि हुन्छ । दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफूलाई धेरै बोल्न नलगाउन भन्दै पन्छिएका छन् ।