सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्नमा आज थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने सुनसरी बराहक्षेत्र न.पा. वडा नं. ९ बस्ने बर्ष १९ की सन्जिता राई र बराहक्षेत्र वडा नं. ९ टोल धरहरा टपन बस्ने बर्ष अन्दाजी १९ की निहाङ राईलाई बिहीबार बराहक्षेत्र ३ नडाहा बाट पक्राउ परेका हुन।
युवतीलाई कुटपिट गर्ने ५ जना लाई प्रहरीले विभिन्न ठाउबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजेश दत्तले बताए ।
बराहक्षेत्र १० बस्ने पृती लिम्बुलाई तत्काल पक्राउ परेकी हुन भने बराहक्षेत्र वडा नं. ८ सैनिकटोल बस्ने बर्ष १८ की दुर्गा राई र बराहक्षेत्र वडा ८ सैनिकटोल बस्ने बर्ष अन्दाजी २२ की बिनिता उराँउलाई सुनसरीको ईटहरी बजारबाट गत सोमबारनै पक्राउ गरेका थिए ।
उनिहरुले बराहक्षेत्र वडा नं.९ टोल राजाबास स्थितको चिहान डाँडाको कोशी किनारमा असार २७ गते
बर्ष १७ को सन्ध्या परियार, बर्ष १६ की नविना बिश्वकर्मा र बर्ष १९ की मनिषा राईले बिपक्षीहरुको अस्मितामा आँच आउने गरि अन्य मानिसहरुसंग गालि गरेको भन्ने आरोप लगाई पीडितहरुलाई झुक्याएर उक्त चिहानडाँडाको कोशी किनारामामा बोलाई भिडियो बनाई पालै पालो लात्ति, मुक्का लगायतले कुटपिट गरेका थिए ।
कुटपिट गर्ने ५ जनालाई प्रहरी पक्राउ गरि इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइ रहेकोे दत्तले बताए ।