बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्नमा आज थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र वडा नं. ८ सैनिकटोल बस्ने बर्ष १८ की दुर्गा राई र बराहक्षेत्र वडा ८ सैनिकटोल बस्ने बर्ष अन्दाजी २२ की बिनिता उराँउलाई सुनसरीको ईटहरी बजारबाट आज सोमबार ३ बजेको समयमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले प्रमुख राजेश दत्तले बताए ।
पक्राउ परेका राई र उराँवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर राखि अनुसन्धान भई रहेको छ भने निजहरुलाई भोलि म्याद थप गरिने समेत दत्तले बताए
घटनामा संलग्न भएका मध्ये हालसम्म ३ जना पक्राउ परेका छन् ।
उनिहरुले बराहक्षेत्र वडा नं.९ टोल राजाबास स्थितको चिहान डाँडाको कोशी किनारमा असार २७ गते
बर्ष १७ को सन्ध्या परियार, बर्ष १६ की नविना बिश्वकर्मा र बर्ष १९ की मनिषा राईले बिपक्षीहरुको अस्मितामा आँच आउने गरि अन्य मानिसहरुसंग गालि गरेको भन्ने आरोप लगाई पीडितहरुलाई झुक्याएर उक्त चिहानडाँडाको कोशी किनारामामा बोलाई भिडियो बनाई पालै पालो लात्ति, मुक्का लगायतले कुटपिट गरेका थिए ।
कुटपिट गर्ने मध्ये ३ जना पक्राउ परेका छन भने थप २ जना फायर रहेको र उनीहरुको खोजीकार्य भइ रहेकोे दत्तले बताए ।