बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा रहेको दाजुभाइ चौक देखि बेलगाछी सम्म धमाधम कालोपत्रेको भइ रहेको छ।
स्थानीय र जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा आज बुधबार देखि १४३० मिटर कालोपत्रेको काम सुरु भएको छ।
बराहक्षेत्र नगरपालिका र कोशी प्रदेशको संयुक्त रूपमा विनियोजन गरेको बजेटमा १ करोड १६ लाखमा बिन्दाबासी कन्ट्रकशनले ठेक्का पारेको थियोे । भने
उक्त बाटोको चौडाइ ५ मिटर र मोटाइ ४८ cm नपेलिकन मोटाईमा उक्त काम अहिले भइ रहेको १०नम्बर वडा अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
आफ्नो घर अगाडि पिच गर्न थाले पछि
स्थानीयहरुले ठेकेदार कम्पनीलाई मापदण्डअनुसार काम गर्न दबाब दिदै दिनभर संगै खटेका थिए भने स्थानीयलाई साथ दिन बराहक्षेत्र नगरपालिका मेयर रमेश कार्की वडा अध्यक्ष तेजबहादुर गुरुङ वडा सदस्य वडा इन्जिनियर लगायत बिहान देखि उक्त काम गरेको ठाउँमा आफै खटेका हुन ।