नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ९१ करोड १६ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
शनिवार आयोजना भएको वराहक्षेत्र नगरपालिकाको बाह्रौँ नगरसभामा उपप्रमुख नन्दकुमारी सुनुवारले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।
चालु आ.व. २०७९/८० का लागि अघिल्लो नगर सभामा रु. १ अर्ब ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० को बजेट प्रस्तुत गरिएको थियो । यसमा
२०८० जेठ मसान्त सम्ममा जम्मा रु. १ अर्ब ११ करोड ९२ लाख ३२ हजार ९ सय ३० संशोधित अनुमान रहेको छ ।
जसमध्ये शसर्त तथा समपुरक अनुदान
(संघ तथा प्रदेश) समेत रु. ९८ करोड १२ लाख ९१ हजार ९ सय २६ स्थानीय तह सञ्जित कोषमा निकासा प्राप्त भई रु. ७४ करोड ६४ लाख ३१ हजार ५ सय ६९. कुल प्राप्त बजेटको ७६.०० प्रतिशत खर्च भएको छ ।
यसमध्ये समग्रमाकुल विनियोजित बजेटको चालु तर्फ रु. ४१ करोड १७ लाख खर्च भई ७७ प्रतिशत र पूँजीगत तर्फ ३३ करोड ४७ लाख खर्च भई ५७ प्रतिशत खर्च भएको छ । यसै गरी नगरपालिकाको (शसर्त तथा समपुरक अनुदान संघ तथा प्रदेश बाहेक)
यथार्थ आम्दानीको चालु तर्फ रु.११ करोड ३२ लाख ७९ हजार खर्च भई ८५.६९ प्रतिशत र पुजिगत खर्च तर्फ रु. ३० करोड ५५ लाख खर्च भई ७२
प्रतिशत खर्च भएको छ ।
भने नगरको आन्तरिक आम्दानीतर्फ रु.११ करोड ६५ लाख प्रक्षेपण गरिएकोमा वि.सं. २०८० जेष्ठ मसान्त सम्ममा रु. ५ करोड ५ लाख ८४ हजार यथार्थ आम्दानी भई जेष्ठ मसान्त सम्म लक्ष्यको ४३.४२ प्रतिशत (अ.ल्या. बाहेक) मात्र राजश्व प्राप्त भएको छ ।
यसमध्ये भूमी तथा मालपोत कर रु. ९ करोड आम्दानीहुने प्रक्षेपण गरिएकोमा जग्गा कित्ता काट खुल्न नसकेको कारण हाल सम्म रु. ३ करोड ३८ लाख मात्र राजस्व सङ्कलन भएको छ साथै आन्तरिक आय वृद्धि गर्न सर्दु खोला, बाघ खोला, पट्नाली खोला तथा कोकाहा खोलाबाट बालुवा, ढुङ्गा गिट्टी सङ्कलनका लागि ठेक्का आव्हान गरिएकोमा जिल्ला वन कार्यालय, सुनसरीको अवरोधका कारण ठेक्का लाग्न नसकेको बताइन् ।
यश नयाँ आर्थिक वर्ष ०८०/८१ को लागि नगरपालिकाले आन्तरिक तर्फ आय ७ करोड ३२ लाख अनुमान गरेको छ। नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई राखिएको छ । ४३ करोड ५८ लाख सशर्त अनुदान र १८ करोड ३२ लाख वित्तीय समानिकरण अनुदानको आधारमा बजेट तर्जुमा गरिएको हो।
सङ्घबाट हुने राजस्व बाँडफाँडमा १५ करोड ६२ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ । यस्तै समपुरक अनुदान संघ बाट १ करोड, विशेष अनुदान ८० लाख, प्रदेशबाट समपुरक अनुदान १ करोड ३० लाख, प्रदेश राजस्व बाँडफाँडबाट ९१ लाख ४३ हजार, वित्तीय समानिकरण अनुदान प्रदेश १ करोड २० लाख ४७ हजार , सशर्त अनुदान प्रदेश १ करोड १० लाख २५ हजार गरी कुल ९१ करोड १६ लाख २८ हजार आय अनुमान गरेको छ।
चालु खर्च १३ करोड ८९ लाख ५० हजार, वडा कार्यालय तर्फको पुँजीगत बजेट ९ करोड ९० लाख, नगर तर्फको पुँजीगत बजेट १९ करोड ५८ लाख ५३ हजार, सशर्त अनुदान (सङ्घ) ४३ करोड ५८ लाख, सशर्त अनुदान (प्रदेश) १ करोड १० लाख २५ हजार, समपुरक अनुदान (प्रदेश) १ करोड ३० लाख विशेष अनुदान (सङ्घ) ८० लाख, समपुरक कोष १ करोड गरी कुल ९१ करोड १६ लाख २८ हजार रहेको छ ।
उपप्रमुख सुनुवारले विषयगत सिलिङ मात्र सभामा पेस गरेकी हुन। सभामा वराहक्षेत्र ११ वटै वडामा ९० लाखको दरले वडा स्तरीय योजनामा बजेट छुट्टाएको छ । वडाले ९० लाख मध्ये २५ लाख कुनै ठोस योजनामा छुट्टाउनु पर्ने सर्त सभामा पेस गरिएको छ ।