काेशी प्रदेशकाे स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन् ।
बुधबार बसेकाे जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् ।
उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन ।
पहिचान पक्षधरको अान्दोलनलाई सम्बाेधन गर्न सरकारलाई पटक पटक अाग्रह गर्दा नमानेपछि नैतिकताका अाधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले बताइन् । उनले पहिचानबादी पक्षबाट अाफ्नाे चरित्र हत्या गरेकाे बताइन् ।
सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा अाफुमाथि पहिचान पक्षधरबाट नै अाक्रमणकाे प्रयास भएको बताइन् । अाइतबार पहिचान पक्षधरले अान्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए ।जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बाेधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेकाे बताए ।
सरकारमा बसेर पार्टीको तर्फबाट मन्त्री पहिचानको एजेन्डा राख्दा सम्बाेधन नभएको र सरकार पक्षबाट अान्दोलनकारीमाथि दमन गरेका कारण सरकारबाट बाहिरिएको उनले बताए ।