वराहक्षेत्र नगरपालिकाले बजार अनुगन सुरु गरेको छ।
नगरपालिकाले बजार अनुगमन अहिले प्रभावकारी बन्दै आएको छ।
नगरपालिकाले आइतबार वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ९,१०र११ मा रहेको मुख्य बजार राजाबास , प्रकाशपुर र मधुवन बजार कडाइका साथ बजार अनुगमन गरिएको अनुगमन संयोजक नन्दकुमारी सुनुवाइले बताइन् ।
अनुगमन गर्ने क्रममा केही पसल उपभोग्य मिति नाघेका उत्पादन मिति नभएको खाद्य वस्तु टोलीले नियन्त्रणमा लिएर नष्ट गरिएको । म्याद नाघेका बस्तु बिक्रीवितरण गर्न राखिएको पसलहरुलाई सचेत गराईएको र अहिले अनुगमन गर्दा बजारमा पहिलाको जस्तो नभए निकै परिवर्तन भएको आर्थिक बिकास शाखाका अधिकृत मातृका तिवारीले बताए ।
अनुगमन गर्ने क्रममा ब्यापारी तथा स्थानीयहरुले यो अनुगमन निकै प्रभाव भएको बताए।अझ ३-३ महिनाको अन्तर गर्ने हो भने अझ राम्रो हुने समेत बताए ।
वराहक्षेत्र नगरपालिकाकि उप – प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजारका खाद्यान्न पसल , मेडिकल, होटल लगायतमा अनुगमन गरेका थिए ।
टोलीले अनुगमनका क्रममा केहीले वील विजक चुस्तदुरुस्त नराखेको, मुल्यसूची नराखेको, राखेको भए पनि त्यसलाई दैनिकरुपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्य वस्तु केही मात्र फेला पारेको थियो ।
नगर उप-प्रमुख सुनुवार नेतृत्वको अनुगमन टोलीमा , स्वास्थ शाखाका उमेश मेहता उद्योग वाणिज्य संगका प्रतिनिधि तुलसी श्रेष्ठ , वडाध्यक्ष , नगरपालिकाको आर्थिक बिकास शाखाका प्रमुख अधिकृत मातृका तिवारीले नगर प्रहरी कर्मचारी ,पत्रकार लगाएको सहभागीता रहेको थिए ।