चतराधाममा पुर्ण महाकुम्भ मेलाको शुभारम्भ आगामी बर्षको चैत २७ गतेदेखि लाग्ने
आगमी सालको २०८० चैत्र २७ गते अर्थात चैत्र शुक्ल प्रतिपदादेखि सुरु हुने दोस्रो पुर्ण महाकुम्भ मेला तयारीको संन्दर्भमा बृहत छलफल तथा अन्तरकृया कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कुम्भ मेला आयोजना तयारीको बिषयमा सोमवार कुम्भ मेला स्थल चतराधाममा कुम्भ मेला आयोजना तयारीको बिषयमा वृहत छलफल तथा अन्तरकृया गरिएको हो ।
चैत्र शुक्ल प्रतिपदादेखि बैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना चतराधाममा आयोजना हुने पुर्ण महा कुम्भ मेला महोत्सवको तयारी सुरु गरिएको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाम कुम्भ स्थलको रुपमा प्रसिद्ध रहेको छ । नेपालको एक मात्र कुम्भ स्थलको रुपमा रहेको चतराधाममा यस अगाडी ४ पटक कुम्भ मेला सम्पन्न भईसकेका छन् ।
वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यतामा आयोजना भएको छलफल तथा अन्तरकृया कार्यक्रममा वक्ताहरुले मेलालाई व्यवस्थित बनाउनु पर्ने जोड दिएका थिए । अन्तरकृयामा वक्ताहरुले प्रचारप्रसार , व्यवस्थापन , अतिथि संस्कार, आर्थिक स्रोत व्यवस्थापन लगाएको बिषयमा तयारी सुरु गर्नु पर्ने धारणा राखेका थिए । आर्थिक पारदर्शिता , व्यापक्ता, माथिल्ला सरकारसंग समन्वय , सहकार्य गर्नु पर्ने वक्ताहरु धारणा रहेको थियो ।
छलफलबाट कुम्भ मेलाको शुभारम्भकालागि प्रचारात्मक कार्यक्रम गर्ने , माथिल्ला निकायहरुसंग समन्वय र सहयोगकालागि सहजिकरण गर्ने , नियमित सरसफाइको व्यवस्थापन गर्ने , आवश्यक भौतिक संरचना निर्माणको कामलाई तिब्रता दिने निर्णय गरिएको प्रथम जगद गुरु पिठ चतराधामका सचिब उद्भब घिमिरेले बताए ।
मेलालाई व्यवस्थित तथा भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । चतराधाम कुम्भको राजधानी भएकाले यहाँ लाग्ने कुम्भ मेलाको प्रचारप्रसार र व्यवस्थापनलाई प्रथामिकताका साथ राखेर काम गर्ने कार्कीको भनाई छ । नगर प्रमुख कार्कीका अनुसार २०८० साल चैत्रबाट लाग्ने पुर्ण कुम्भ मेलाको प्रचारप्रसार गर्ने र प्रचारात्मक कार्यक्रम गरिने छ । कुम्भलाई सफल बनाउन माथिल्ला सरकारसंग समन्वय गर्ने नगर प्रमुख कार्कीले बताए ।
जगदगुरु वालसन्त मोहन शरण देवचार्य महाराजको परिकल्पनामा कुम्भको बिधान उल्लेखित हस्त लेखित पुस्तक अनुसार चतराधाममा कुम्भ मेलाको सुरुबात गरिएको थियो । नेपालमा पहिलो पटक २०५९ सालको चैत्र महिनाको शुक्ल प्रतिपदादेखि चेत ६ गते देखि बैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थयो । जुन महोत्सव नेपालको इतियासमा पहिलो कुम्भ मेला थियो ।
चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ पहिलो , २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात पुर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रुपमा अर्ध महाकुम्भ मेला सम्पन्न भईसकेको छ ।
छलफलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पुर्व सभासद हरिनाथ बास्तोला, वराहक्षेत्र नगरपालिकाकि उप- प्रमुख नन्दकुमारी सुनुवार , जिल्ला प्रहरी प्रमुख , वडाध्यक्षहरु , राजनीति दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।