वराहक्षेत्र – ५ कालाबञ्जरका सुर्यबहादुर बस्नेत ( भुई कवि) ले सुरु गरेको श्रमदान अभियानलाई साथ दिन नगर प्रमुख रमेश कार्की श्रमदान स्थल पुगेका छन् ।
कालाबञ्जर पुगेर नगर प्रमुख रमेश कार्कीले श्रमदानको अभियान्ता कविसंगै खोला सफा गरेका थिए ।
अभियानमा वडा नं ५ का वडाध्यक्ष रोहित काफ्ले , स्थानीय बुद्धिजीवी, राजनैतिक दलका नेताहरु, वडाका जनप्रतिनिधिहरुको समेतको सहभागीता रहेको थियो ।
मठ मन्दिरमो जिर्णद्बारबाट सुरु गरेको कबिको श्रमदान अभियान अहिले हैटा खोलाको सरसफाइमा जोडिएको छ । हप्ताको दुई दिन श्रमदान गर्ने योजना सहित सुरु भएको अभियानलाई सहयोग र सफल बनाउन सहभागी भएको नगर प्रमुख कार्कीको भनाई छ । हप्ताको एक दिन शनिबार सरसफाइ अभियान चलाउदै आएका नगर प्रमुख कार्की सवैले आ-आफ्नो ठाउबाट सकेको सहयोग गरेर नगरको बिकासमा लाग्नु पर्ने बताउछन् ।
सुर्यबहादुर बस्नेतले सुरु गरेको श्रमदानको अभियानले आफ्नो ठाउको बिकाश र परिवर्तन भुमिका खेल्ने भएकाले सबैले आ- आफ्नो ठाउमा यस्तै किसिमका अभियानहरु सुरु गर्नु पर्ने नगर प्रमुख कार्कीको भनाइ छ ।भुइ कबिले यो भन्दा अगाडि मन्दिर निर्माणकार्यमा श्रमदान समेत गरेका थिए