बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको न्यु स्टार फुटबल क्लबको आयोजना छैटौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप राष्ट्रिय जागृती क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको पहिलो उदघाटन खेलमा राष्ट्रिय जागृती क्लब इटहरी र मोरङ एन्फा बीच भएको खेलमा दुबै टिमबा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ३को विरुद्ध ४ गोल गर्दै राष्ट्रिय जागृती क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरे हो।
खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले गोल रहित वराबरी खेले पछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।जसमा राष्ट्रिय जागृती क्लब इटहरीका खेलाडी जर्सी नम्बर ३ प्रवेश दनुवार जर्सि नम्बर १८सुमित चौधरी जर्सी नम्बर ६ बिजय राई जर्सी नम्बर ८ उमेश कार्कीले गोल गरे भने जर्सी नम्बर ४ रमेश राजवंशीको प्रहार गोलरक्षकले सेप गरेका थिए ।
यता एन्फा मोरङका जर्सी नम्बर ८ बिसाल पाण्डे ,जर्सी नम्बर ६ कोमल खवास र गोलरक्षक पमेजय गच्छदारले गोल गरेका थिए भने जर्सी नम्बर १९ सगर खड्का र जर्सि नम्बर १० बिष्णु गिरिले गोल गर्न बाट चुकेका थिए ।
निकै रोमाञ्चक भएको खेल राष्ट्रिय जागृती क्लब इटहरीले गोल गर्न जर्सी नम्बर ७ खेलाडीले निकै अवसर पाए पनि गोल भने गर्न नस्क्दा खेल टाइब्रेकरमाको माध्यम पुगेको हो
खेलमा म्यान अफ द म्याच राष्ट्रिय जागृत क्बल इसुव थपलीया घोषित भए । उनले बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले चेक नगद पाच हजार सहित ट्रफी हस्तान्तरण गरेका प्थिए ।
न्यु स्टार क्लवको आयोजनामा स्थानीय जगन्नाथ डेजराज जनता माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिता अन्तर्गत भोलि बिहीबार हुने खेल पाहुना टोली कञ्चनजंगा फुटबल क्लव सिलगुडी भारत र आयोजक न्यु स्टार क्लवका खेल हुने क्लब अध्यक्ष भेषराज कार्कीले बताए ।
क्लबका भेषराज कार्की सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकाश मन्त्री बुद्धकुमार राजभण्डारी , कोशी प्रदेस सभा सदस्य मिना श्रेष्ठ , वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की , अखिल नेपाल फुटवल संघ कोशी प्रदेशका अध्यक्ष किशोेर राई , एन्फाका सह- महासचिव बसन्त अर्याल , वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्बि प्रकाश सिटौला , वडा नं ७ का अध्यक्ष तथा नगर खेलकुद समितिका संयोजक कपिल आचार्य ,वडा नं १ वडाध्यक्ष किसान मगर, वडा नं ३ का अध्यक्ष राजदिप लामा, वडा नं ४ का अध्यक्ष आशाराम चौधरी , नेपाली कांग्रेसका महासमिति सदस्य जगत कार्की , नेपाली कांग्रेस वराहक्षेत्रका उपसभापति युवराज श्रेष्ठ , नेकपा एमालेका वराहक्षेत्रका सचिव राजेन्द्र कार्की लगाए वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा वराहक्षेत्र नगरपालिका वडा नं ५ का अध्यक्ष तथा कार्यक्रम संयोजक रोहित काफ्ले स्वागत मन्तव्य राखेका थिए ।
चैत्र २२ गते सम्म चल्ने प्रतियोगितामा दुई भारतीय क्लबसहित ८ टिम सहभागी छन् ।
कुल ५५ लाख ५१ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृट खेलाडीले २५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिनेछ । दैनिक म्याच अफ द म्याच हुनेलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।