वराहक्षेत्र नगरपालिकामा सम्पन्न वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं ३ ले हात पारेको छ ।
मङलवार सम्पन्न फाईनल खेलमा वडा नं १ लाई एक गोलको बिरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै वडा नं ३ ले उपाधि हात पारेको हो ।
उपाधि हात पारे संगै वड नं ३ ले २ लाख १ हजार सहित रनिङ्ग शिल्ड एक केजिको चाँदींको सुन्दर ट्रफी समेत प्राप्त गरेको छ । उक्त ट्रफी ३ पटक विजेता भए पछि मात्र बिजेता टिमको स्वामित्वमा हुनेछ ।
त्यस्तै उपबिजेता बनेको वडा नं १ ले १ लाख १ हजार प्राप्त गरेको छ । तेस्रो बनेको वडा नं २ ले ५१ हजार र चौथौ बनेको वडा नं ७ ले २५ हजार प्राप्त गरेका छन् ।
बिजेता टिमलाई नगर प्रमुख रमेश कार्की , प्रमुख प्रशाशकीय अधिकृत ऋद्बि प्रकाश सिटौला लगाएत वडाध्यक्षहरु जनप्रतिनिधि , राजनीति दलका प्रतिनिधिहरुले पुरस्कार रकम, ट्रफी , म्याडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
वराहक्षेेत्र – ७ देविघाट स्थित वसन्तऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा सर्वउत्कृट खेलाडी बराहक्षेत्र वडा नं ३ रोशन भुजेल घोषित भए ।उनले २१ हजार सहित ट्रफी प्राप्त गरेका थिए । उच्च गोलकर्ता नौ गोल गरेका वडा नं २ का दिपेश तामाङ्ग घोषित उनले ५ हजार प्राप्त गरे भने अनुशाशित टिम वडा नं ४ घोषित भएको थियो । उनिहरुले ११ हजार प्राप्त गरे ।
उत्कृष्ट डिफेन्स वडा नं १ अविसेक श्रेष्ठ , उत्कृष्ट मिकफिड वडा नं ७ रविन राई , उत्कृष्ट फर्वड वडा नं ३ यसराज बिक , उत्कृष्ट गोल रक्षक वडा नं ३ निसान थापा,राईजिङ खेलाडी वडा नं १ का प्रसन्न राई , उत्कृष्ट प्रशिक्षक वडा नं ३ अमृत बस्नेत बिधागत उत्कृष्ट खेलाडीले पाच हजार सहित ट्रफी हात पारेका थिए । फाईनल खेलको म्यान अफ द म्याच वडा नं ३ का अनिस लिम्बू घोषित भए । उनले नगर २ हजार १ सय सहित ट्रफी प्राप्त गरेका थिए ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको वडास्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २८ वटा खेल सम्पन्न भएको थियो ।