वराहक्षेत्र नगरपालिकाको चक्रघट्टि र प्रकासपुर बजारलाई स्मार्ट सिटी बनाउने योजना अन्तर्गत कामले गति लिएको छ ।
नगर भित्रका दुई बजार चक्रघट्टि र प्रकाशपुरलाई जोडेर स्मार्ट सिटी बनाउने योजना अन्तर्गत संघिय सरकारको सहरी बिकाश मन्त्रालयले वराहक्षेत्र नगरपालिकासंग समन्वय गरेर गुरु योजना समेत निर्माण गरेको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं ६, ७ , ८ , ९ र १० नम्बर वडा चक्रघट्टि र प्रकासपुर बजारलाई स्मार्ट सिटि बनाउने कार्यलाई गति दिन बिहिवारबाट वडा नं ६ मा सर्वेको काम सुरु हुने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।
स्मार्ट सिटिको सर्बेकोलागि बिहिबार वराहक्षेत्र नगरपालिका र सहरी बिकास मन्त्रालयका प्रतिनिधि बिच छलफल भएको थियो । छलफलबाट वडा- वडामा सर्वेको काम गर्ने निर्णय भएको छ ।
नगरपालिका भित्र रहेमा दुई ठुला बजारलाई स्मार्ट सिटिको रुपमा बिकासभौतिक पुर्वाआधार बिकासको संम्भव्यता अध्ययन गर्नेकालागि संघिय सरकारबाट बजेट बिनियोजन भएको छ ।
उक्त योजनाकोलागि डिपिआर निर्माणकालागि संघिय सरकार अन्तर्गतको सहरि बिकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाई बिराटमगर मोरङ्ग मार्फ काम भईरहेको वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले बताए ।
उक्त चक्रघट्टी र प्रकासपुरलाई स्मार्ट सिटि बनाउन सुनसरी – ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा सरकारका पुर्व सञ्चार तथा सुचना प्रबिधि तथा कानुन , न्याय तथा संसदिय व्यवस्था मन्त्री तथा ज्ञानेन्द्रबहादुर कार्की तथा नगर प्रमुख रमेश कार्कीले पहल कदमी लिएका थिए ।