वराहक्षेत्र नगरपालिका र जिल्ला प्रशासन कार्यालय सुनसरी बिच स्थानीय तह र स्थानीय प्रशासन समन्वय बैठक स्थानीय पालिकासंग समन्वयमा काम गर्नेछु – प्रमुख जिल्ला प्रशासन कार्यालय प्रमुख हुमकला पाण्डे बताउनुभयो ।
आज शुक्रबार भएको बराहक्षेत्र राखेको बैठकमा वराहक्षेत्रमा विकृत रुपमा फैलिएको लागू अौषध दुव्यवसनी , नागरिकतको समस्या
बिपत व्यवस्थापन र जोखिम न्युनिकरणको बिषयमा बैठकमा छलफल भएको थियो । बैठकमा वडाध्यक्ष तथा वडाका जनप्रतिनिधिले नागरिकताको समस्या , सुरक्षा, लागूपदार्थ दुब्यसनी लगाएको समस्या राखेका थिए ।
वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अपराध न्युनिकरण, शान्ति सुरक्षा , महिला हिसा, बजार अनुगमन लगाएका बिषयमा स्थानीय पालिकासंग समन्वय गरेर काम बताउनु भएको थियो ।
पाण्डेले जिल्लाको शान्ति सुरक्षा, सुशासन र जबाफदेहिता आफ्नो प्राथमिकतामा रहेको बताउदै जिल्लामा हुने विभिन्न गतिविधिलाई निगरानी गर्दै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने योजना तयार गरी अगाडी बढने उनको भनाई थियो । सुनसरीमा आएपछि तीन जिल्लाको अनुभवका आधारमा काम गर्न सहज हुने बताउँदै उनले सबै सँग समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन् । पाण्डेले सुनसरी भौगोलिक हिसाबले पहाड, मधेस भू-भाग देखि भारतीय खुल्ला सीमा सँग जोडिएकोले सुरक्षा चुनौती भएको उल्लेख गर्दै उनले भूगोललाई सम्बोधन गर्ने आफ्नो प्रयास निरन्तर जारी रहने बताइन् ।
कार्यक्रम वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले वराहक्षेत्रको सम्भावना र चुनौति बारे जानकारी दिएका थिए । शान्त, सब्य र सुन्दर नगरपालिका बनाउन लागि परेको बताउदै नगर प्रमुख कार्कीले यसकालागि प्रशासन र सुरक्षासंग समन्वय गरेर अभियान सञ्चालन गर्ने कार्कीको भनाई रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रभु प्रसाद ढकालले जिल्लाको सुरक्षा अवस्थाको बारेमा प्रहरीबाट भई रहेको सचेतना, अभिमुखीकरण लागु औषध नियन्त्रण तथा नियमन, सीमा सुरक्षा निगरानी लगायतका बारेमा जानकारी दिएका थिए ।
शसस्त्र प्रहरी सुनसरी प्रमुख , राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख , वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्बिप्रकास सिटौला लगाएत वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम वराहक्षेेत्र नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई नगर प्रमुखले स्वागत सम्मान समेत गरेका थिए ।