वराहक्षेत्र – १ मा रहेको पर्यटकीय क्षेत्र सुर्यकुण्ड जोड्ने सडकको स्तरउन्नति गर्ने कार्य सुरु गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाका प्रमुक रमेश कार्की पहलमा प्रदेश सरकार र सडक बिभागले सडक स्तरउन्तिको काम सुरु गरेको हो । सुर्यकुण्डलाई पर्यटकीय क्षेत्रको रुपमा बिकाश गर्ने नगरपालिकाको योजना रहेको र यसकालागि सडकलाई प्रथामिकता राखेको नगर प्रमुख कार्कीले बताए । सुर्यकुण्ड धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं २ देबिथानदेखि सुर्यकुण्ड जोड्ने सडकमा वाल लगाउने , वाटोलाइ बिस्तार गर्न कार्य भई रहेको वडा नं १ का अध्यक्ष किसान थापामगरले बताए । सडकलाई गुणस्तरीय बनाउन बनाउन वाल र बाटोलाई फराकिलो बनाउने काम भईरहेको छ ।
सर्यकुण्डलाई धरान र चतराबाट सडक सञ्जालले सहज रुपमा जोड्ने योजना अनुसार काम भईरहेको नगर प्रमुख कार्कीले बताए । सुर्यकुण्डको एैतियासिकता र महोत्वको प्रवद्बन र स्थानीयहरुको जनजिबिकालाई समेत प्रथामिकता राखेर काम भइरहेको नगर प्रमुख कार्कीले बताए ।
वरडाडा – चियावारि सडकको काम सुरु
सुर्यकुण्डलाई धरानबाट समेत सहज रुपमा जोड्ने कामले समेत तिब्रता लिएको छ । धरान – २० स्थित बिष्णुपादुकाबाट वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित वरडाडादेखि चियाबारीसम्मको सडकको स्तरउन्तिको काम सुरु भएको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको उक्त क्षेत्रलाई धरानबाट सहज रुपमा सडक सञ्जालले जोड्ने उदेश्य राखेर नगरपालिकाले प्रथामिकताका साथ राखेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० सालको नगरपालिकाको १० लाख बजेटबाट उक्त सडकको स्तरउन्नतिको काम भईरहेको छ ।उपभोक्ता समिति मार्फत निर्माण भई रहेको उक्त योजनाको नगर प्रमुख रमेश कार्की र वडाध्पयक्ष किसन मगरले स्थलगत अवलोकन गरेका छन् । सडकको कामलाइ गुणस्तर बनाउन बनाउन नगर प्रमुख कार्कीले उपभोक्ता समितिका अध्यक्ष गोबिन्द्र राईलाई निर्देशन दिएका छन् ।
वरडाडा, चियावारी , सुर्यकुण्ड लगाएका वडा नं १ का पहाडि क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने योजना नगरपालिकाले लिएको नगर प्रमुख कार्कीले बताए । सडक सञ्जाल, शिक्षा , स्वास्थ्य लगाएका कामलाई नगरपालिकाले प्रथामिकता राखेको र अन्य विकासको योजनाकालागि माथिल्लो सरकार , सरोकारवाला पक्षसंग समन्वय भई रहेको नगर प्रमुख कार्कीले बताए ।