बराहक्षेत्र नगरपालिकाले माघ ७ गते एघारौं नगर सभा सम्पन्न गरेको छ।
वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँको पुरक बजेट सार्वजनिक गरेको छ ।
शनिबार एघारौं ( पुरक ) नगर सभा मार्फत कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभा नगर उप-प्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक बर्ष २०७९/०८० को( संसोधित सहित ) बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।
जसमा आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले आन्तरिक आय ( गत बर्षको मौज्दात समेत ) २५ करोड , नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा सङ्घीय सरकारबाट आउने सशर्त अनुदान ४१ करोड २७ लाख , वित्तीय समानिकरण अनुदान संघ २१ करोड ४८ लाख यथार्थ बित्तिय समिकरण अनुदान प्रदेश १ करोड २० लाख, राजश्ब बाडफाट संघ १५ करोड ९४ लाख २३ हजार , प्रादेशिक सशर्त अनुदान ६१ लाख २३ हजार , समपुरक अनुदान प्रदेश १ करोड , प्रदेश राजश्व बाडफाट ९१ लाख ७५ हजार ९ सय ३० रुपैयाँ गरेर १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँ बजेट सार्वजनिक उप प्रमुख सुनुवारले गरेकि हुन ।
कुल बजेट मध्येबाट आर्थिक बिकास ४ करोड ५६ लाख २७ हजार १ सय ३० रुपैयाँ , सामाजिक विकास ४६ करोड ५७ लाख ३९ हजार ८ सय , पुर्वाधार विकास ३६ करोड ८१ लाख ८० हजार , सुशासन तथा अन्तरसम्बन्धि क्षेत्र २ करोड ६० लाख ४५ हजार र कार्यालय सञ्चालन तथा प्रशाशनिक १६ करोड ८६ लाख ५० हजार विनियोजन भएको छ ।
जसमा नगरपालिकाले २०७९ पौष मसान्तसम्म जम्मा खर्च ३० करोड ४५ लाख ९० हजार ८ सय ९४ रुपैया ३६ पैसा जम्मा खर्च भएको बताइन् ।
जसमा आर्थिक बिकास ४७ लाख ६७ हजार २सय ८८ रुपैया , सामाजिक बिकास तर्फ १७ करोड १४ लाख २९ हजार ९९ सय , पुर्बाधार बिकास तर्फ ३ करोड ६९ लाख ८५ हजार ४ सय ३३ रुपैया , सुशासन तथा अन्तर सम्बन्धित ५७ लाख ८९ हजार १ सय ६७ रुपैया , कार्यालय संचालन तथा प्रशासनी ८ करोड ५६ लाख १९ हजार ९ सय खर्च भइ कुल बजेटको २८.३५ प्रतिशात खर्च भएको सुनुवारले बताइन् ।
सभामा नगर प्रमुख रमेश कार्की प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ‘समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारालाई सफल पार्न काम गरिरहेको बताए । पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्नेको काम अगाडि बढेको ।
वराहक्षेत्रको दुर्गम मानिएको सुर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकाशमा जोड , ‘एक वडा एक गौरवका योजना’ को काम अगाडि बढाएको , कोसी कटानमामा राहत र उद्दारमा स्थानीय सरकारको प्रत्याभूति हुने काम गरेको , जङ्गली हाति नियन्त्रणमा नगरपालिकाले काम गरेको , सुत्केरी महिलालाई एम्बुलेन्स खर्च , जेष्ठ नागरिकहरुको घर घरमा नै गई स्वास्थ्य उपचार र प्रसुति सट्टा शिक्षक भन्ना लगाएको कामहरु कार्यनयनको चरणमा रहेका नगर प्रमुख कार्कीले प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए ।
वडा नं ७ मा ३ सय धरधुरीलाई जग्गाको निस्सा बितरण गरि नाम जाँच गर्न कार्य सम्पन्न भएको । भुमि सम्बन्धी समस्या समधानकालागि प्रारम्भिक चरणको घरधुरि सर्वक्षण गरि उक्त प्रतिवेदनलाई नेपाल सरकार , प्रदेस सरकार र राष्ट्रिय भुमि आयोग समक्ष पेश गरिएको र भुमि सम्बन्धी समस्यालाई समधान गर्न सुकुम्बासी समस्यालाई उच्च प्राथमिकता राखि समधान गर्न पहल भईरहेको कार्कीले सभामा जानकारी दिएका थिए ।
सभाले फोहोर मैला व्यवस्थापन कार्यविधि गर्ने सम्बन्धी विधेयक -२०७९ पास गरेको छ ।वराहक्षेत्र नगरपालिकाको मध्यम अपाङगता ( ग वर्ग) भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भक्ता उपलब्ध गराउने कार्यविधि – २०७९ , जेट वोट, ट्रेकिङग , कोयोकिङ , क्यानोइङग , बन्जी जम्पिङग , जिप फ्यायर र्यालायर र्याफ्टिङग संञ्चालन गर्ने विधेयक- २०७९ , वराहक्षेत्र नगरपालिकाको आर्थिक एैन- २०७९ संसोधन सहित पारित समेत गरेको छ । त्यस्तै वराहक्षेत्र नगरपालिकाको वास प्लान पारित गर्ने र स्थानीय पाठ्यक्रम समेत संसोधित सहित पारित गर्ने निर्णय गरेको छ ।
वराहक्षेत्र नगरपालिकाद्बारा एघारौं नगर सभामा विभिन्न बिधाका खेलाडिलाइ सम्मान गरेको छ।
वराहक्षेेत्र नगरपालिकाले विभिन्न बिधाका अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाएका र पदक बिजेता खेलाडिहरुलाई सम्मान गरेको छ । शनिबार नगरपालिकाले एघारौं नगर सभा मार्फत खेलाडिहरुलाई नगद सहित सम्मान गरेको हो ।
नगरपालिका कार्यालयको सभाहलमा आयोजना भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की , उप-प्रमुख नन्दकुमारी सुनुवारले दोसल्ला सहित सम्मान पत्र नगद हस्तान्तरण गरेका थिए ।
सम्मानित हुनेहरुमा गल्फ खेलका अन्तराष्ट्रिय खेलाडि टंकबहादुर कार्की , फुटबल खेलाडि अमर श्रेष्ठ , मनिसा बिष्ट , मुना मगर , पबित्रा राई , भलिबलका खेलाडि सुनिल चौधरी, प्रकास थललिया , जुनियर एथलेटिक्सका खेलाडि निया चौधरी , करातेका धनकुमार राई , गणेश खत्री , एथलेटिक्स लङजमका शुशिल उराँव , फुटबलका हरि ठकुरी , टकबहादुर बस्नेत , भलिवलका बद्बिबहादुर कट्वाल, करातेका संन्देश राई , संजोक राई, सुर्य राई र एथलेटिक्सका खेलाडि वडा नं ४ का अध्यक्ष आशाराम चौधरीलाई सम्मान गरिएको थियो ।