इटहरी उपमहानगरपालिका वडा नम्बर १ आपगाछी स्थित सगरमाथा डेरि विशिष्टिकृत सहकारी संघको तेस्रो साधारणसभास सम्पन्न भएको छ।
साधारणसभामा संघका अध्यक्ष बाबुराम खत्रीले वार्षिक प्रतिबेदन प्रस्तुत गरे उनले भने २०७७ असार २ गते संस्था दर्ता गरेर १ नम्बर प्रदेश भरी रहेको हाल ४८ वटा संस्थाहरुको सेयर रहेको छ।
जसमा सेयर पुजि १ करोड २१ लाख १२ हजार रहेको छ भने गत बर्षको भन्दा२१ लाख थप भएको खत्रीले बताए ।
प्रदेश भरी रहेका कृषकहरुले उत्पादन गरेको दुग्ध लाई टोल टोलमा संकलन गरि सहकारी संस्था मार्फत संकलन र तिनै प्रारम्भिक सहकारी संस्थाहरुले कृषक बाट दुग्ध खरिद प्रसोधन र बजारीकरण गरि कृषकहरुलाई दीर्घकालीन बजारको सुनिश्चितताका लागि यश संस्थाको मुख्य उदेश्य रहेको खत्रीले बताए ।
संस्थाले अहिलेसम्म धेरै प्रगति गरेको जसमा गत फागुन प्रदेश मन्त्रालयमा धुलो दुग्ध उत्पादन गर्न अनुदान माग गरि चैत २२ गते प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बिराटनगर र सगरमाथा डेरि विशिष्टिकृत सहकारी संघ इटहरी संगको साझेदारीमा धुलो दुध कारखाना स्थापना गरेको र हालसम्म निर्माण गर्ने भनेर प्रदेश सरकारको अनुदान २० करोड र यश संघको ११ करोड गरेर कुल ३१ करोडमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको समेत बताए ।
२०७८ असार २५ गते प्रदेश सरकार बाट १९ करोड ३० लाख ३ हजार ९सय९२ रुपैया कुल अनुदान प्राप्त समेत गरि सकेको हल जडानको कार्य अन्तिम चरण रहेको बताए ।
संघले निर्माणाधिन परियोजनाको लागि कामधेनु दुग्ध बिकास सहकारी र चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको धितोमा एभरेस्ट बैंक बाट ३ करोड ५० लाख ऋण लिएर कारोबार गरिएको बताए ।
संघमा रहेकोे सम्पत्ति नगद मौज्दात १६ हजार ९सय ९ रुपैया बैंक मौज्दात ५ करोड १७ लाख ४६ हजार ८ सय ६१ संघले राष्ट्रिय सहकारी बैंकमा सेयर लगानी १० हजार रहेकोे र चालु सम्पत्ति २ करोड ९० लाख ६८ हजार ६ सय ७४ रुपैया स्थिर सम्पत्ति २४ करोड ३६ लाख २२ हजार ६ सय ८ रुपैया रहेको संघका अध्यक्ष खत्रीले बताए ।
लेखा समिति संयोजक हेम चन्द्र खनालले लेखा प्रतिबेदनमा भने संघको स्थापनाको मुख्य कार्य भनेको धुलो दुग्धको कारखाना खोल्नु हो उक्त कार्यलाई समयमै सम्पन्न गर्न समितिले आवश्यक कार्य गर्दै आएको बताए ।
सगरमाथा डेरि विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्रीको सभापतिमा भएको कार्यक्रममा दुग्ध बिकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवको प्रमुख अतिथि रहेको थियो भने १ नम्बर प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बिराटनगर महाशाखा डा दिपा दियाली , पशु सेवा बिज्ञ केन्द्र सुनसरीका योजना अधिकृत राम प्रसाद मेहता र कामधेनु दुग्ध बिकास सहकारी संस्थाका कार्यकारी प्रमुख पर्शुराम कार्की (मनोज) बिशेश अतिथि रहेको थियो भने कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संचालक सदस्य दिपक कार्कीले गरेका थिए ।