बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा कालाबन्जारमा रहेको भरौल स्वास्थ चौकीमा ल्याब संचालन भएको छ।
पुस ५ गते मंगलबार बराहक्षेत्र ५ वडा अध्यक्ष रोहित काफ्लेले उदघाटन गरेका हुन ।
अध्यक्ष काफ्लेले उद्घाटन गरेको ल्याब बाट २३ प्रकारको ब्लड टेस्ट हुनेछ भने बजार मुल्य भन्दा सस्तो शुल्कमा सेवा उपलब्ध गराउने र स्वास्थ चौकीको स्तर बढाउन अब हप्ता दुई पटक MBBS ,MD गरेको डाक्टर हरुबाट सेवा प्रदान गर्ने तयारी रहेको अध्यक्ष काफ्लेले बताए ।
काफ्लेका अनुसार ल्याब टेस्टको रिपोर्ट अझ गुणस्तरीय बनाउन थप एउटा मेसिन वडा बाट खरिद गरेर जडान गर्ने वडा अध्यक्ष काफ्लेले बताए ।
यता दुई वर्ष देखि स्वास्थ चौकीमा थन्किएको ल्याबको सामाग्री राखिएको थियो । दोस्रो निर्वाचन बाट निर्वाचित भए पछि नगरपालिकाले ल्याब टेक्निकलको व्यवस्थापन गरेपछि वडाको पहलमा स्वास्थ चौकीमा ल्याबको लागि आवश्यक सम्पुर्ण तयारी पूरा गरेर पुस ५ गते देखि संचालनमा आएको हो। अब वडा बासीले ब्लड टेस्ट गर्न महगो मुल्य तिर्नु नपर्ने भएको छ ।
वडाले महिला स्वयंसेविका लाई पेसर नाप्न स्वस्थ्य सामाग्री समेत वितरण गरेको छ ।