संघिय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत
सहरी विकास तथा भवन निर्माण विभागबाट वराहक्षेत्र नगरपालिका वडा नं १ र २ मा ३ वटा योजनाले गति लिने भएको छ ।
संघीय आयोजना कार्यान्वयन ईकाई विराटनगर मोरङ्ग इन्जिनियर अशोक कुमार राममा अनुसार वराहक्षेत्र वडा नं १ को भण्डारीटारदेखि वाग्दलवारी जोड्ने सडक स्तरउन्तीको सर्व सुरु भएको छ ।
उक्त सडक स्तरउन्तीकालागि सहरी विकास मन्त्रालयबाट ५० लाख बजेट बनियोजन भएको छ । वडा नं २ को सखुवागाछिदेखि उदय चौक हुँदै सुर्य चौकसम्मको बाटो कालोपत्रेको सर्व गरिएको छ । उक्त योजनाकोलागि सहरी विकास मन्त्रालयवाट १ करोड बिनियोजन भएको छ ।
त्यस्तै वडा नं २ कै गहने खोलादेखि शाखा नहर जोड्नेबाटोको समेत संघीय आयोजना कार्यान्वयन ईकाई विराटनगरले सर्ब गरेको छ । उक्त योजनाकोलागि ९८ लाख बजेट बिनियोजन भएको इन्जिनियर आशोक कुमार रामले बताए ।
इन्जिनियर रामका अनुसार संघीय आयोजना कार्यान्वयन ईकाई विराटनगरले सर्व सम्पन्न भए पछि डेन्टरको सुचना प्रकाशन गर्ने छ । नगरपालिकाका प्राबिधिक तथा प्रशाशनसंगको समन्वयमा संघीय आयोजना कार्यान्वयन ईकाई विराटनगरले काम हुने इन्जिनियर रामले बताए ।
सघिय सरकारको सहकारी बिकास मन्त्रालयबाट नगर प्रमुख रमेश कार्कीको पहलमा उक्त योजनामा बजेट बिनियोजन भएको थियो । नगर प्रमुखमा निर्वाचित भए लगतै संघिय राजधानी काठमाडौ पुगेका रमेश कार्कीले मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र पुर्व मन्त्री मिनकुमार बिश्बकर्माको विशेष सहयोगबाट योजना स्वीकृत भएको थियो ।