वराहक्षेत्र नगरपालिकाले बजार अनुगन सुरु गरेको छ।
नगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाउन अनुगमन सुरु गरेको हो । नगरपालिकाले शनिबार वराहक्षेत्र नगरपालिकाको १ नम्बर वडाको वराहक्षेत्र धाम परिसदका बजारहरु अनुगमन गरिएको आर्थिक बिकास शाखाका अधिकृत मातृका तिवारीले बताए ।
तिवारीका अनुसार यश अगाडि नगरपालिकाले चाडपर्व लक्षित गरेर चतरा , कालाबञ्जर , चक्रघट्टि , प्रकासपुर बजार अनुगमन गरिएको थियो ।
वराहक्षेत्र नगरपालिकाकि उप – प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजारका होटल , पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा उपभोग्य मिति नाघेका खाद्य वस्तु टोलीले नियन्त्रणमा लिएर नष्ट गरिएको । म्याद नाघेका बस्तु बिक्रीवितरण गर्न राखिएको पसलहरुलाई र मूल्य वृद्धि गरेर बिक्रि गर्ने पसलहरुलाई सचेत गराईएको प्रमुख प्रशासकीय अधिकृत ऋद्बि प्रकाश सिटौलाले बताए ।
टोलीले अनुगमनका क्रममा वील विजक चुस्तदुरुस्त नराखेको, मुल्यसूची नराखेको, राखेको भए पनि त्यसलाई दैनिकरुपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्य वस्तु फेला पारेको थियो ।
साथै विद्युतीय तराजुको आवश्यक कागजात नराखेको फेला परेपछि तत्काल सवै प्रक्रिया पुर्याएर आवश्यक कागजात राखी दर्ता गर्न व्यवसायीहरुलाई सुझाव दिइएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत ऋद्बि प्रकास सिटौलाले बताए ।
अनुगमनमा खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको वील विजक सुरक्षित राख्न र माग गरेका बेला उपलब्ध गराउन भनेको उप-प्रमुख नन्दकुमारी सुनुवारले बताए ।बजारमा मूल्य वुद्बि , म्याद नाघेका सामाग्री र कालोबजारीलाई नियन्त्रण गर्न नगरपालिकाले बजार अनुगमन सुरु गरेको हो।
नगर उप-प्रमुख सुनुवार नेतृत्वको अनुगमन टोलीमा , प्रमुख प्रशासकिय अधिकृत ऋद्बि प्रकाश सिटौला , वडाध्यक्ष , नगरपालिकाको आर्थिक बिकास शाखाका कर्मचारी ,पत्रकार लगाएको सहभागीता रहेको थिए ।