सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।
कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई ध्यानमा राखेर सरकारले यस्तो आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।
हालसम्म नेपालमा ओमिक्रोन नेपाल आइनसकेको जनाउँदै सचेत रहन विज्ञप्तिमा भनिएको छ ।