नगरपालिकाले भुमिहिन दलित , भुमिहिन सुकुम्बासी साथै अव्यवस्थीत बसोबासीहरुलाई निस्सा बितरण गर्न सुरु गरिएको छ ।
भुमिहिन दलित , भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई धनिपुर्जाको बितरण गर्ने योजनालाई प्रथामिकतामा राखेको नगरपालिकाले वडा नं ७ बाट धनिपुर्जा वितरण गर्न पहिला चरणमा निस्सा बितरण गर्न सुरु गरेको हो ।
७ नम्बर वडा कार्यालयको देबिघाट एरियामा बसोबास गर्ने २ सय ५५ घरपरिवार लाई निस्सा वितरण गर्दै अन्य टोलहरुलाई पनि क्रमश वितरण गर्ने वडा अध्यक्ष कपिल आचार्यले बताए ।
सोमवार वडा नं ७ को कार्यलयममा भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की , उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशाशकीय अधिकृत ऋद्बि प्रकाश सिटौला , राष्ट्रिय भुमि आयोग सुनसरीका बिज्ञ शुदर्शन श्रेष्ठ , वडाध्यक्ष कपिल आचार्यले वडाका भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत परिवारलाई धनिपुर्जा पाउनको लागि निस्सा बितरण गरिएको थियो ।
निस्सा बितरण राष्ट्रिय भुमि आयोग सुनसरीको समन्वयमा भएको हो । उक्त कार्यक्रममा निस्सा वितरण संगै जग्गा नापि गर्न प्राबिधिकहरुलाई सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।
निस्सा पाएका मानिसहरुको जग्गा केहि दिन देखि नगरपालिका र भुमि आयोगका कर्मचारीहरुले नापी गर्न सुरु गरे भएका हुन।
वराहक्षेत्र – ७ नम्बर वडामा अव्यवस्थीत १९ सय ७ , भुमिहिन सुकुम्बासी ४ सय ७३ र भमिहिन दलित १ सय ३७ जनाले आवदेन दिएका छन् ।
वराहक्षेत्र नगरपालिकाले वडा नं ७ लाई प्याइट मानेर काम अगाडि बढेको थियो । लालपुर्जा बितरणको कार्यलाई प्रमुख प्रथामिकतामा राखेर काम भईरहेको नगर प्रमुख कार्कीले बताए ।
लालपुर्जा बितरण गर्ने योजनालाई सबै राजनैनिक दल , नागरिक समाजबाट सहयोग भइराखेको नगर प्रमुख कार्कीले बताए । वराहक्षेत्रमा रहेका सम्पूर्ण भुमिहिन दलित , भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई धनिपुर्जा बितरण लक्ष्य लिएको नगर प्रमुख कार्कीले अगाडि बढेको बताए ।
नगरपालिकामा प्राप्त तथ्यांकअनुसार ९१ हजार जनसंख्या रहेको नगरपालिकामा अव्यवस्थित बसोबास ६ हजार ८ सय ३९ ,भुमिहिन दलित ८ सय ७० र भुमिहिन सुकुम्बासी २ हजार ८ सय ८४ गरि १० हजार ५ सय ९३ जनाले आवेदन दिएका छन् । भन्ने २ सय ९७ जनाले नभरिएको फम बुझाएका छन् ।