वराहक्षेत्र नगरपालिका वडा ६ स्थित महेन्द्र माध्यमिक विद्यालय चक्रघट्टीलाई भारत सरकारले २०६५ सालको भारतीय स्वतन्त्रता दिवसको अवसरमा उपहार स्वरुप प्रदान गरेको स्कुल बस अझै संचालनमा आएको छैन।
करिब ११ बर्ष देखि थन्काएर राखिएको बस अहिले जिर्ण भइ रहेको छ ।
पछिल्लो समय सामुदायीक विद्यालयहरु नीजि विद्यालय संग प्रतिस्पर्धा गर्न दाताहरुको सहयोग र स्कुलको आम्दानी बाट आफै स्कुल बस खरिद गरेर संचालन गरिरहेका छन ।
यता महेन्द्र माविले भने सहयोग स्वरुप प्रदान गरिएको स्कुल बस भने सञ्चालन गर्नै सकेको छैन् ।
स्कुल बस सन्चालन गर्न कसैको ध्यान र दवाब नदिदा भारती सरकारको सहयोगमा १८ बर्ष अगाडि बिद्यालयलाई प्राप्त भएको बस काम नलाग्ने गरि थन्किएको छ । तत्कालिन समयमा उच्च माध्यमिक शिक्षाका लागि भनेर प्राप्त भएको बस अहिले माकुराको जालो लागेर बसकै लागि बनाइएको टिनको छाप्रोको ग्यारेज भित्र थन्किएर रहेको छ ।
निजि विद्यालयले बसको सुबिधा दिएर घरघरमा विद्यार्थी लिन गइरहेको अबस्थमा यस विद्यालयले भने भारत सरकारको सहयोगमा प्राप्त भएको गाडी समेत प्रयोग गर्न नसकिरहेको पाइएको छ । महेन्द्र माविले सित्तैमा पाएको गाडि चलाउन नसकेको बेला बराहक्षेत्र नगरपालिकाको भरौल केहि भागा र प्रकाशपुरका केहि सयौं बिद्यार्थीहरु बिद्यालयले स्कुल बस ब्यस्थापन नगरेको भन्दै इटहरी, धरानका स्कुल, कलेजहरुमा धाउन बाध्य रहेका छन् ।
साबिक महेन्द्रनगर गाबिसमा रहेको हाल वराहक्षेत्र नगरपालिको जेठो शैक्षिक संस्था मानिएको उक्त विद्यालय २०२२ सालमा स्थापनमा भएको हो । बिद्यालयमा टाडा टाढाका विद्यार्थी लाई आवत जावतमा सहज होस भनेर बिभिन्न ब्यक्तिको पहलबाट २०६५ सालमा भारतिय दुतावास मार्फत बस प्राप्त भएको थियो । बस केहि समय सञ्चालनमा आयो तर पछि ११ बर्षदेखि बस आर्थिक, प्राबिधिक र ब्यस्थापन अभावको कारणले थन्किएको प्रधानाध्यापक चण्डिराज पोख्रेलले बताए ।
अहिले बस लाई मर्मत गरी सन्चालमा ल्याउन धेरै खर्च लाग्ने भएकोले विद्यालय संग मर्मत गर्ने श्रोत नभएको बताए । उनले भने ‘ म प्रधानााध्यापक हुनु भन्दा ९ बर्ष अगाडि देखि नै बस थन्किरहेको हो । अब यसको व्यस्थापनमा म सर्बपक्षिय सरोकारबालाहरु संग बसेर छलफल गर्ने छु ।’
को १ क १०८५ नम्बरको बिद्यालयको बसले सुरुबाती केही बर्षहरुमा बिद्यार्थीहरुलाई परीक्षा केन्द्र सम्म पुराउने काम गरे पनि हाल सन्चालनमा ब्यस्थापन र प्राबिधिक कारणले आउन सकेको छैन् ।
उक्त स्कुल बसलाई संचालन गर्न स्थानीय सरकार बराहक्षेत्र नगरपालिकाको ध्यानाकर्षण हुन जरुरी छ।