सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा स्थितमा औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बराहक्षेत्र १ बस्ने २६ बर्षीय अनिल बराइली रहेका छन् ।
शुक्रबार राती पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली गएको थियो ।
घटनाको सुक्ष्म अनुसन्धान गर्ने क्रममा प्रहरीले चोरी भएको २४ घण्टा नबित्दै शुक्रबार दिउँसो साढे २ बजे चोरीमा सम्लग्न बराइली लाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजेश दत्तले बताए ।
अनुसन्धान गर्ने क्रममा शंकास्पद रहेका अनिल बराईलीको घरकोठा भित्र खानतलासी लिदाँ दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरीको सुनका गरगहनाहरु ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो ।
चोरीएका सुनको गरगहनाहरु बरामद भए सगै अनिल बराईलीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।